मुगु । मुगु र डोल्पाको पाटन क्षेत्रमा अवैध बाटो प्रयोग गरेर यार्सा टिप्न जान थालेका छन् । डोल्पामा जेठ १० गते र मुगुमा जेठ १५ गतेबाट पाटन क्षेत्रको यार्सा संकलन गर्न जाने स्थानीयलाई अनुमति दिने निर्णय गरिएको छ ।
अनुमति लिएर जानेभन्दा अनुमति नलिइ अवैध र जोखिमपूर्ण बाटो प्रयोग गरेर जानेको संख्या समेत बढ्दो छ ।
अवैध बाटो प्रयोग गरेर यार्सा टिप्न जाँदै गरेका ७४ जनालाई पक्राउ गरी जरिवाना गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए । साविकको यार्सा टिप्ने जाने बाटो छोडेर जोखिमयुक्त अवैध बाटोबाट यार्सा टिप्न जानेको बिगबिगी रहेको उनले बताए ।