कालीकोट । वर्षाका कारणले पहिरो जाँदा पुन: कर्णाली राजमार्ग पुर्ण अवरुद्ध भएको छ । शनिबार राति परेको अविरल वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका १ को एस मोड र गगनेखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
पहिरोले कालीकोट खण्ड पुर्ण रुपमा बन्द हुँदा यात्रुलाई समस्या भएको छ । सडक सुचारु नहुन्जेल सुर्खेत नेपाल्गजबाट आउने र कालिकोट , जुम्ला मुगुबाट आउने तायातका साधन गगनेखोलामै थन्किने हुदाँ कालीकोट र अन्य जिल्ला, स्थानमा जाने यात्रु अलपत्र पर्ने भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द चौधरीका अनुसार अहिले पहिरो गगने खोलामा अन्दाजि २० मिटर जति सडक भत्किएको छ भने एसमोडमा ढुङगा माटो सहितको पहिरो झरेको छ । चौधरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन अनुरोध समेत गर्नुभएको छ ।
सोही ठाँउमा गत सोमबार पहिरोका कारण अवरुद्ध राजमार्ग ५ दिनपछि संचालनमा आएको थियो ।अविरल वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका – १ को गगनेखोला, एसमोड सँगै खाडाचक्र – २ हुल्मवाजर, कालिकोट र दैलेख सिमाना दहिखोला र दैलेखको मालाचौरमा पहिरोले सडक पुर्ण रुपमा अवरुद्ध भएको थियो। ५ दिन सम्म बाटोमा रोकिएका स्याउ बोकेका ट्रकमा केही स्याउ कुइएर क्षति हुदाँ स्याउ व्यापारीलाइ घाटा सकेत व्यहोरर्नु परेको थियो ।