अपडेट

सान्नी त्रिवेणी गाउँपालिकामा नवनिर्मित प्रशासनिक भवनको भव्य उद्घाटन

  ।   ८ मंसिर २०८२, सोमबार २०:५०

कालिकोट । कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री यामलाल कडेलको प्रमुख आतिथ्यतामा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा नवनिर्मित प्रशासनिक भवनको भव्य उद्घाटन सम्पन्न भएको छ। नयाँ भवन उद्घाटनसँगै स्थानीय तहमा सुव्यवस्थित, सहज र पारदर्शी सेवा प्रवाह हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री कडेलले विकट भौगोलिक अवस्थालाई चुनौती मात्र नभई अवसरको रूपमा उपयोग गर्न सकिने बताउँदै भने—“विकास अघि बढाउन सरकारका सबै तहहरूले हातेमालो गर्दै काम गर्नुपर्ने समय यही हो। नवनिर्मित भवनले नागरिकलाई सेवामा झन् सहजता दिनेछ।” उनले सेवा प्रवाहमा पहुँच अभावका कारण नागरिकले भोग्दै आएको कठिनाई घट्ने विश्वास व्यक्त गरे।

गाउँपालिकाका अध्यक्ष मोहन  बहादुर केसीले मुख्यमन्त्री कडेललाई सुर्खेतबाट कठिन यात्रा गर्दै सहभागिता जनाइदिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दै भने—“माननीय मुख्यमन्त्रीज्यूको उपस्थितिले हामी सबैलाई ऊर्जा र आत्मविश्वास दिएको छ। आगामी दिनमा पनि विकासको सबै क्षेत्रलाई सुदृढ बनाउन निरन्तर सहयोग मिल्ने अपेक्षा राख्छौँ।”

सान्नीत्रिबेणि गाउँपालिका वडा ३ का वडा अध्यक्ष तथा सरकार प्रवक्ता रंगलाल देवकोटाका अनुसार स्थानीय जनप्रतिनिधि र नागरिकले दैनिक सेवामा भोग्दै आएको कठिनाइ सुनाउँदै नयाँ भवनले प्रशासनिक कामकाजमा गति, पारदर्शिता र विश्वसनीयता बढाउने दिपज्योती खबरलाई बताए।

उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सबै पक्षले नयाँ प्रशासनिक भवनले गाउँपालिकाको सुशासन, सेवा प्रवाह र समग्र विकास यात्रामा महत्वपूर्ण मोड ल्याउने विश्वास व्यक्त गरेका छन्।

Next Post

युवा मानवअधिकार रक्षकका लागि आत्म–सुरक्षा र मानसिक सुदृढता : जाजरकोटमा २ दिने तालिम सम्पन्न

८ मंसिर २०८२, सोमबार २०:५०
सुर्खेत । कर्णाली प्रदेशका पाँच जिल्लामा सक्रिय युवा मानवअधिकार रक्षकहरूलाई लक्षित गर्दै जाजरकोटको खलंगामा दुई दिने आत्म–सुरक्षा तथा मानसिक सुदृढता तालिम सम्पन्न भएको छ। मानव अधिकार तथा सामाजिक न्याय अभियान–रोयम नेपालको आयोजनामा, युवा मानवअधिकार रक्षक सञ्जालको समन्वय र ए.इ.आइ.एनको सहयोगमा मंसिर ६ र ७ गते यो तालिम सञ्चालन गरिएको हो। […]