कालिकोट । जिल्लाका विभिन्न पक्ष प्रभावकारी ढंगले उठान गर्न र समाचार छिटो छरितो बनाउन कालिकोटका पत्रकारलाई तालीम दिएको छ ।
`हाम्रो आवाज , हाम्रो रोजाइ´ भन्ने मुल नारा सहित आधारभुत पत्रकारिता सम्बन्धि २ दिने पुनर्ताजगी तालिमको बुधबार उद्वघाटन भएको हो ।
फेडो नेपालको कालिकोटको आयोजना युरोपियन युनियनको सहयोग र प्लानइन्टरनेशनलको सहकार्य खाँडाचक्र नगरपालिका – १ मा तालिम सुरु भएको छ ।
तालिममा कालिकोट जिल्लामा रहि विभिन्न संचालित सन्चार माध्यममा आवद्ध रहेका करिब २५ जाना संचारकर्मीहरुको उपस्थितिमा पहिलो दिन बुधबार फेडो नेपाल कालिकोटका संयोजक रमेश नेपालिले कार्यक्रम संचालन गरि सुरु गरेका हुन ।
पत्रकारिता बिषयलाई कसरी प्रभावकारी गर्ने र यस प्रति देखिने असार जोखिमहरुबाट बच्ने तरिका समाचारहरुलाइ कसरी प्रभावकारी बनाउने समाचार लेखनमा विषयको उठान कसरी गर्ने भन्ने शिर्षकमा रहि आज पहिलो दिन सहजकर्ता तिर्थ न्यौपानेले प्रशिक्षण गर्नु भएको छ भने सो कार्यक्रम चैत ७ र ८ गते दुई दिन तालिम चल्नेछ ।