भिम प्रसाद चौलागाईं को जीवनरक्षाका लागि सहयोगको हार्दिक अपिल

  ।   १२ पुष २०८२, शनिबार १९:५१
तस्विर तथा लेखन सहयोग छत्र रोका मगर

कालिकोट । कालिकोट जिल्ला, शुभकालिका गाउँपालिका वडा नं. ४ निवासी भिम प्रसाद चौलागाईं (बादल) को दुबै मिर्गौला फेल भई जीवन–मरणको संघर्षमा हुनुहुन्छ। हाल उहाँ काठमाडौँस्थित राष्ट्रिय धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर मा उपचाररत रहनु भएको छ। चिकित्सकको सल्लाहअनुसार उहाँलाई तत्काल मिर्गौला प्रत्यारोपण आवश्यक रहेको छ।

कमजोर आर्थिक अवस्थाका कारण प्रत्यारोपण तथा उपचार खर्च जुटाउन परिवार अत्यन्तै कठिन परिस्थितिमा परेको छ। भिम प्रसादको जीवन बचाउन अब सबैको सहयोग अपरिहार्य भएको छ।

तपाईंको सानो सहयोगले पनि एक अमूल्य जीवन बचाउन सकिन्छ। सहयोगस्वरूप संकलित सम्पूर्ण रकम पारदर्शिताका साथ सार्वजनिक गरिनेछ र बिरामीका बुवा नैसिके चौलागाईंलाई बुझाइनेछ।

यस कठिन घडीमा भिम प्रसाद चौलागाईं र उहाँको परिवारलाई आर्थिक तथा नैतिक रूपमा साथ दिन देश–विदेशमा रहनु भएका सम्पूर्ण सहयोगी मनहरूमा हार्दिक अपिल गरिएको छ।

Next Post

रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना हुने निर्णय, दिप प्रज्वलनसहित खुसियाली

१२ पुष २०८२, शनिबार १९:५१
कालिकोट । कालीकोट जिल्लाको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना हुने सरकारी निर्णयपछि रास्कोटसहित आसपासका स्थानीय तहमा खुसियाली छाएको छ। रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, पचालझरना, पलाता र नरहरिनाथ गाउँपालिकालाई लक्षित गर्दै प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘ख’ का लागि रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय अर्थ मन्त्रालयले शुक्रबार गरेसँगै स्थानीयमा उत्साह थपिएको […]

सम्बन्धित शीर्षक