ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

  ।   २३ जेष्ठ २०८१, बुधबार १७:१७

रुकुमपश्चिम । रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुधबार बिहान मुसीकोट नगरपालिका –५ सेरीगाउँमा रा १ त ३७१७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममका अनुसार दुर्घटनामा परी घाइते हुनेमा मुसीकोट नगरपालिका –२ का १८ बर्षिय चालक सागर परियार र वडा नम्बर –५ निवासी ४० बर्षीय हरिचन्द्र केसी रहेका छन् ।

घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको र थप उपचारका लागि सुबिधा सम्पन्न अस्पतालमा रिफर गरिएको छ । दुबै जनाको छातिमा चोट लागेको प्रहरीले जनाएको छ ।

सेरीगाउँस्थित विद्युत कार्यालयनजिक मध्यपहाडी राजमार्गबाट तीन मिटर तल ट्याक्टर खसेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

Next Post

रुकुमपश्चिममा भूकम्प आवास निर्माण वापतको दोस्रो किस्ताको रकम निकासा

२३ जेष्ठ २०८१, बुधबार १७:१७
रुकुमपश्चिम। रुकुमपश्चिममा भूकम्प प्रभावित घरपरिवारको अस्थायी आवास निर्माण वापतको दोस्रो किस्ताको रकम निकासा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले मङ्गलबारबाट आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका लाभग्राहीहरुका लागि दोस्रो किस्ताको रकम पठाउन सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार दुई स्थानीय तहका आठ हजार ६५८ जना […]

सम्बन्धित शीर्षक