रुकुमपश्चिममा ढुङ्गाले च्यापिएर एक बालकको मृत्यु

  ।   ४ कार्तिक २०८१, आईतवार १७:३६
साकेंतिक तस्बिर

सुर्खेत । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–५ स्थित छारखोलामा एक बालकको मृत्यु भएको छ ।

डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबारा निवासी वीरचन्द्र डाँगीको छोरा ८ वर्षीय संस्कार डाँगीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार बाँफीकोट गाउँपालिका –५ स्थित छारखोलामा शनिबार खेल्न गएका बालक डाँगीको खोलामै ढुङ्गाले च्यापिएर मृत्यु भएको हो ।

खोलामा खेल्ने क्रममा बालकले टेकेको ढुङ्गा पल्टिएको र सोही ढुङ्गाले च्यापिएर बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बालक डाँगी डोल्पाबाट बाँफिकोटमा रहेको मामा घर आएका थिए ।

घटनाको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा प्रहरीको अनुसन्धान टोली घटनास्थल गएको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

Next Post

रारामा जलवायुसम्बन्धी कोप को पूर्वतयारी असरका सम्बन्धमा दुईदिने कार्यशाला सम्पन्न

४ कार्तिक २०८१, आईतवार १७:३६
मुगु । मुगुको रारा ताल क्षेत्रमा जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरका सम्बन्धमा दुईदिने कार्यशाला सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएको संस्था ‘साथसाथै’को संयुक्त आयोजनामा भएको कार्यशाला पाँचबुँदे घोषणापत्र जारी गर्दै आईतवार सम्पन्न भएको हो […]