पुरमल प्रथम स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता तयारी पूरा

  ।   २१ आश्विन २०८१, सोमबार २०:०९

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका – ३ ताडिमा मंगलबार देखि सुरु हुने स्वर्गीय पुरमल शाही प्रथम स्मृति कप  पुरुष भलिबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ ।

साबिक मान्म गाबिस उप प्रधान एब समाजसेवी स्वर्गीय पुरमल शाही को सम्झनामा मिति २०८१ असोज २२ गते देखि २४ गते सम्म जनजीवन माबी ताडिमा हुने भएको हो । सो खेल खाँडाचक्र नगरपालिका स्तरिय ११ वटै वडा बाट प्रतिनिधित्व हुने गरि प्रथम पुरमल स्मृति  पुरुष भलिबल  कप संचालन हुने खेल संयोजक लक्ष्मण कुमार शाहीले बताउनुभयो ।

आयोजना खाँडाचक्र नगरपालिका ताडिको प्राविधिक व्यवस्थापनमा नगर प्रमुख कमल बहादुर शाहीले उद्घाटन गर्ने कार्यक्रम तय भएको संयोजक शाहीले बताउनुभयो

Next Post

बसको ठक्करबाट मोटरसाइकल दुर्घटना एक घाइते

२१ आश्विन २०८१, सोमबार २०:०९
बाँके । काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको बसले कोहलपुरमा बसले ठक्कर दिदा मोटरसाइकल दुर्घटना भएको छ । कोहलपुर नगरपालिका–१० स्थित हाइस्कुलमा काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७०९ नम्बरको बसले भे १३ प ६१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको कोहलपुरका डीएसपी धर्मराज भण्डारीले  जानकारी दिए । दुर्घटनामा परेर मोटरसाइकल चालक खजुरा […]