पहिरो हटेपछि कर्णाली राजमार्गको गगनेखोला सडक सुचारु

  ।   २१ आश्विन २०८३, बुधबार १६:१२

कालिकोट । अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्गअन्तर्गत गगनेखोलाको सडक पुनः सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय, जुम्लाका अनुसार २०८३ असोज २१ गते बिहान ७ बजे पहिरोका कारण अवरुद्ध भएको सडक सोही दिन दिउँसो ३ बजेबाट पूर्ण रूपमा सुचारु भएको हो।

सडक सुचारु भएसँगै कर्णाली राजमार्गमा रोकिएका सवारीसाधन तथा यात्रुहरूलाई आवतजावतमा सहज भएको छ। वर्षा जारी रहेकाले राजमार्गका अन्य स्थानमा समेत पहिरो तथा सडक अवरोध हुन सक्ने भन्दै यात्रामा सावधानी अपनाउन आग्रह गरिएको छ।

सडक डिभिजन कार्यालय जुम्लाले गगनेखोला सडक पूर्ण रूपमा सञ्चालनमा आएको जानकारी गराएको छ।

Next Post

कर्णाली सरकारमा ३२ जना नियुक्त, मुख्यमन्त्रीको सचिवालयमा सबैभन्दा बढी

२१ आश्विन २०८३, बुधबार १६:१२
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीको संयुक्त सरकार गठन भएको दुई महिनाभन्दा बढी समय बितिसक्दा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले आफ्नो सचिवालयमा स्वकीयसहित ३२ जना कर्मचारी नियुक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीहरूको सचिवालय व्यवस्थापनका लागि विभिन्न पदमा नियुक्ति गरिए पनि एमालेबाट मन्त्री बनेका दुई […]

सम्बन्धित शीर्षक