सल्यान । जिल्लाको काल्चे सल्लेरी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा फैलिँदा दुई घर जलेर नष्ट भएको छ ।
आइतबार दिउँसो छत्रेश्वरी गाउँपालिका वडा नं १ को काल्चे सल्लेरी सामुदायिक वनमा लागेको ढडेलो बस्तीमा फैलिदा दुई वटा घर जलेको वडाध्यक्ष प्रकाश हमालले जानकारी दिए । दिउँसो करिब १ बजेबाट सुरु भएको आगलागी अझै आगलागी नियन्त्रणमा आउन नसकेको जानकारी दिदै उनले गाउँका अन्य घरहरू समेत जल्न सक्ने भएकाले नियन्त्रणको प्रयास भइरहेको बताए ।
आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय थारमारे तथा इप्रका दमाचौरबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरी तथा स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहनुभएको छ, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्सपेक्टर रेशमबहादुर खत्रीले बताए ।