राउटे समुदायका १ सय चार जनाको निशुल्क स्वास्थ्य जाँच

  ।   २ माघ २०८१, बुधबार १७:३६

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित गिरीघाट खोला किनारमा अस्थायीरुपमा बसोवास गरिरहेका राउटे बस्तीमा सोमबार स्वास्थ्य शिविरको आयोजना गरिएको छ । लोपोन्मुख सिमान्तकृत जातिको रुपमा रहेको राउटे समुदायमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

हर्ट नेपाल र नविल बैंकको आयोजनामा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा स्वास्थ्य शिविरको आयोजनामा राउटे समुदायका ४६ महिला र ५८ पुरुष गरी १ सय चार जनाको निशुल्क स्वास्थ्य जाँच गरिएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका सर्जन डाक्टर सुजन सोपकोटाको नेतृत्वमा ४ जना बिषेशज्ञ चिकित्सकको टोलीले राउटेहरुको स्वास्थ्य परिक्षण गरेको हो । उपचारमा संलग्न डाक्टर सापकोटाले अधिकांश राउटेहरुमा चिसोका कारण रुघा खोकी, शारिरिक चोट पटक तथा अव्यवस्थित खानपानका कारण उच्चरक्त चाप लगायतका समस्या देखा परेको बताए ।

सापकोटाले उक्त समस्या महिलाभन्दा पुरुषमा बढी देखिएको र महिलामा पाठेघरसम्बन्धी समस्या भएपनि उनीहरुले जाँच गर्न भने नमानेको बताए । उक्त शिविरमा ३६ जना स्थानीयको पनि निशुल्क स्वास्थ्य जाँच गरिएको थियो। लोपोन्मुख जातिको रुपमा रहेको राउटे समुदायको जनसंख्या पछिल्ल्लो समय अव्यवस्थित खानपान र जीवनशैलीका कारण घट्दोक्रममा रहेको छ भने हाल उनीहरुको जनसंख्या १ सय ३४ रहेको छ बताइएको छ ।

Next Post

वीरेन्द्रननगरमा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला

२ माघ २०८१, बुधबार १७:३६
 सुर्खेत / कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रननगरमा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला–२०८१ को आयोजना गरिएको छ । कर्णाली प्रदेशका १० जिल्लामा उत्पादन गरिएको मह, अग्र्यानिक खाद्य, पोषण कर्नर, अग्र्यानिक तरकारी, महको गुणस्तर जाँच मेसिन, मौरीका घार, मह निकाल्ने प्रविधि, खाद्य केराको रेसबाट बनेका म्याटलगायत सामग्री प्रदर्शनमा राखिएका छन् । ‘स्वस्थ […]