वीरेन्द्रनगरमा कर्णाली समृद्धि महोत्सव चैत ११ देखि सुरु

  ।   ९ चैत्र २०८२, सोमबार २०:४६

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा यस वर्ष “कर्णाली समृद्धि महोत्सव २०८२” भव्य रूपमा आयोजना हुने भएको छ। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा चैत ११ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने महोत्सवले कर्णालीको कला, संस्कृति र आर्थिक गतिविधिलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

वीरेन्द्रनगर नगरपालिका–१ स्थित रेडियो नेपाल परिसरमा सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ। लोकदोहोरी गीत, आधुनिक संगीत, सांस्कृतिक नृत्य तथा विविध मनोरञ्जनात्मक कार्यक्रममार्फत कर्णालीको मौलिक पहिचान झल्काइनेछ।

महोत्सव केवल सांस्कृतिक उत्सवमा सीमित नरही आर्थिक गतिविधिको केन्द्रका रूपमा पनि स्थापित हुने आयोजकको विश्वास छ। कार्यक्रममा राखिने व्यापारिक स्टलहरूमा स्थानीय उत्पादन, हस्तकला सामग्री, घरेलु उद्योगका वस्तु तथा उद्यमशील उत्पादनहरूको प्रदर्शन र बिक्री गरिनेछ, जसले स्थानीय व्यवसायलाई प्रवर्द्धन गर्नुका साथै रोजगारी सिर्जनामा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यस वर्षको विशेष आकर्षणका रूपमा गोठीगाडाबाट प्याराग्लाइडिङको रोमाञ्चक अनुभवसमेत समावेश गरिएको छ। यसले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्ने विश्वास लिइएको छ।

आयोजकका अनुसार, महोत्सवले कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन, कला–संस्कृतिको संरक्षण तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य राखेको छ। साथै, स्थानीय कलाकार र उद्यमीका लागि आफ्नो प्रतिभा र उत्पादनलाई राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने उत्कृष्ट अवसरका रूपमा यो महोत्सवलाई लिइएको छ।

Next Post

शिर्षक  झोलाहरु बुइ चढेर जान्छन्

९ चैत्र २०८२, सोमबार २०:४६
प्रायः घरीघरी आउनेहरू, धोका हुन्, बेइमान हुन्— आफ्नाहरू त कहिले सुखमा आउँछन्, कहिले दुःखमा आउँछन्। धोका र बेइमान जसरी हरबखत फर्किँदैनन्, खुसीमा जलेर खरानी हुन्छन्, दुःखमा चन्द्रमाझैँ उज्याला हुन्छन्। आगमनमा खुसी बसेको पटक्कै देख्न मन गर्दैनन्, धुरीमा चराहरू बसेको सुन्न पनि सक्दैनन्। पारी वनको चाक्लो आँतले कोदो फलाइरहन्छ, त्यो उसैको […]