कर्णालिका मुख्यमन्त्री शर्माले दिए राजीनामा

  ।   २१ चैत्र २०८०, बुधबार २२:५४

सुर्खेत । कणाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिएका छन् । मुख्यमन्त्री शर्माले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री शर्माले राजनीतिक समीकरणमा आएको परिवर्तनका कारण आफूले पदबाट राजीनामा दिएको बताए । विश्वासको मतका लागि प्रदेश सभामा जानकारी गराएको भए पनि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डको दबाबका कारण उनले पदबाट राजीनामा दिनु परेको हो ।

सत्ता गठबन्धनमा भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो । तर माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शर्मा सरकार छाड्न तयार थिएनन् ।

तर प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोनमार्फत एमालेलाई नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिएका थिए । प्रचण्डको फोनपछि मुख्यमन्त्री शर्माले एमालेका नेताहरूसँग समेत छलफल गरेका थिए ।

मुख्यमन्त्री शर्मा २०७९ पुस २७ गते बुधवार कर्णालीको तेस्रो मुख्यमन्त्री बनेका थिए ।
शर्माले राजीनामा दिएसँगै एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वको कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ ।

Next Post

कर्णाली नयाँ सरकार गठनमा रावत मन्त्री बन्नुपर्ने चर्को दबाब

२१ चैत्र २०८०, बुधबार २२:५४
कालिकोट । माननीय दुर्ग बहादुर रावतलाइ मन्त्री बनाउन कालिकोटका जनताको चर्को माग रहेको छ । कर्णाली प्रदेश अब बन्ने नयाँ सरकारमा कालिकोट जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित माननीय दुर्ग बहादुर रावत लाई माओवादी केन्द्रले मन्त्रीका लागि  सिफारिस गर्नुपर्ने माग राख्दै सामाजिक सञ्जालमा चर्को दबाब बढेको छ […]

सम्बन्धित शीर्षक