कालिकोट । माननीय दुर्ग बहादुर रावतलाइ मन्त्री बनाउन कालिकोटका जनताको चर्को माग रहेको छ ।
कर्णाली प्रदेश अब बन्ने नयाँ सरकारमा कालिकोट जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित माननीय दुर्ग बहादुर रावत लाई माओवादी केन्द्रले मन्त्रीका लागि सिफारिस गर्नुपर्ने माग राख्दै सामाजिक सञ्जालमा चर्को दबाब बढेको छ ।
कर्णाली प्रदेश सरकार माननीय यामलाल कडेँलकाे नेतृत्वमा बन्ने नयाँ सरकार गठनमा स्रोतका अनुसार मुख्यमन्त्रालय सहित ८ वटा मन्त्रालय रहेको कर्णाली प्रदेश सरकारमा एमालेले मुख्यमन्त्री सहित ४ वटा मन्त्रालय लिने र माओवादी केन्द्र ले ४ वटा मन्त्रालय लिनेगरि प्रारम्भिक सहमति भएको स्रोतको भनाइ छ ।
४ वटा मन्त्रालय मध्य एक मन्त्रालयमा माननीय रावत अनिवार्य मन्त्री सरकारमा सहभागी गराउन पर्ने अखिल (क्रान्तिकारी) कालिकोट जिल्ला अध्यक्ष खगेन्द्र मल्लले बताए ।