जुम्ला । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल जुम्ला शाखाले रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा प्रेस चौतारीले रक्तदान कार्यक्रम गरेको हो । प्रेस चौतारी नेपाल जुम्लाका सचीव कालीबहादुर परियारका अनुसार ुरक्तदान गर्न ठूलो मात्रामा नाम लेखाएता पनि सात जनाले मात्र रक्तदान गरेका छन्ु ।
कर्णालीकै स्वास्थ्य क्षेत्रको आशा भरोसाको केन्द्र कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा लामो समय बितिसक्दा पनि हालसम्म प्रतिष्ठानसँग ब्लड बैंक छैन । ब्लड बैंक नभएकै कारण यहाँ उपचार गराउने बिरामीहरू लामो समयदेखि मारमा छन् ।
रक्तदान जीवनदान सरह हो भन्ने भाष्यलाई थप प्रमाणित गर्न प्रेस चौतारी नेपाल जुम्लाले आफ्नो स्थापना दिवसको अवसरमा फरक ढङ्गले मानवीय धर्म निभाउदै नयाँ तरिकाले स्थापना दिवस मनाएको हो ।
प्रेस चौतारीका अध्यक्ष मानदत्त रावल,पूर्वअध्यक्ष नौरते नेपाली,चौतारीका सचीव काली बहादुर परियार, र अन्य व्याक्ती धनराज बस्नेत,लोकेन्द्र बुढा र यूवासंघ नेपालकी केन्द्रीय सचिव सारदा पछाई लगायतले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण चौलागाईं लगायत विभिन्न विद्यार्थी नेता,स्थानीय र सञ्चारकर्मीहरुको उपस्थिती थियो ।