अछाममा केन्द्र बिन्दु बनाएर आज बिहान भूकम्प

  ।   ४ चैत्र २०८१, मंगलवार ०८:०२

अछाम । अछाममा केन्द्र बिन्दु बनाएर आज भूकम्प गएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर बिहान भूकम्प गएको हो ।

भुकम्पको धक्का अछाम ,बाजुरा ,कालिकोट ,दैलेख लगाएत आसपासका क्षेत्रमा भुकम्पले हल्लाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि फागुन २६ गते कास्की केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने फागुन २४ गते बागलुङ केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

Next Post

२ सय विद्यार्थीको भोटर कार्ड एकमुष्ट बुझेको भन्दै क्याम्पसमा तालाबन्दीले स्ववियु स्थगित

४ चैत्र २०८१, मंगलवार ०८:०२
कालिकोट । नरहरिनाथ कोटबाडा स्थित नन्दादेवी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन असहज परिस्थितिका कारण स्थगित भएको छ। निर्वाचन अधिकृत कमलप्रसाद सापकोटाले गएराति १० बजे सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको जनाएका हुन। नेविसंघ र अनेरास्ववियु गठबन्धनले २ सय विद्यार्थीको भोटर कार्ड एकमुष्ट बुझेर लिएको भन्दै अखिल (क्रान्तिकारी० […]