२ सय विद्यार्थीको भोटर कार्ड एकमुष्ट बुझेको भन्दै क्याम्पसमा तालाबन्दीले स्ववियु स्थगित

  ।   ४ चैत्र २०८१, मंगलवार १२:५५

कालिकोट । नरहरिनाथ कोटबाडा स्थित नन्दादेवी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन असहज परिस्थितिका कारण स्थगित भएको छ।

निर्वाचन अधिकृत कमलप्रसाद सापकोटाले गएराति १० बजे सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको जनाएका हुन।

नेविसंघ र अनेरास्ववियु गठबन्धनले २ सय विद्यार्थीको भोटर कार्ड एकमुष्ट बुझेर लिएको भन्दै अखिल (क्रान्तिकारी० र समाजवादी अखिलले चैत ४ गते क्याम्पसमा तालाबन्दी गरेका हुन।

अखिल (क्रान्तिकारी) का अनुसार ३७ फर्जी विद्यार्थी भेटिएको र ३२५ मतदाता कार्ड जबर्जस्ती कब्जा गरिएको हो। “मतदाता कार्ड विद्यार्थी आफैंले बुझ्नुपर्नेमा जबर्जस्ती कब्जा गरिएपछि गोप्य मतदानको अधिकार हनन भयो,” स्ववियु सभापति उम्मेदवार यशोदा शाहीले बताउनुभयो।

स्थिति तनावपूर्ण बन्दै जाँदा मतदाता विद्यार्थीहरू आफैं क्याम्पसमा धर्ना बस्न बाध्य भएका छ्न । पटकपटक छलफल गर्दा पनि सुनुवाइ नभएपछि तालाबन्दी गरिएको र अन्ततः निर्वाचन स्थगित गरिएको क्रान्तिकारी विद्यार्थी संगठनको भनाइ छ।

“हामी अन्तिमसम्म जिम्मेवारीका साथ निर्वाचन सहज बनाउन प्रयास गर्यौं, तर हारको डरले प्रतिद्वन्द्वीहरू भागे। सत्य यही हो,” अखिल (क्रान्तिकारी) ले जनाएको छ।

उता  अनेरास्ववियु र नेविसंघ सयुक्त प्यानलका तर्फबाट नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य सबिन कुमार बिष्टले क्याम्पसमा अरुभन्दा पनि माओवादी पार्टीका नेताहरुले विद्यार्थी माथी राजनीतिकरण गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो बारम्बार माओवादीका नेता गणेश सेजुवाललाई फोन गरेको बसेर विद्यार्थी र सामुदायिक क्याम्पसमा राजनीतिक गर्न आवश्यक नरहेको बार्ता छलफल गरेर अगाडी बढौ भन्दा भन्दै ठाडै नमानेको बताउनुभयो ।

तर मतदाता कार्ड एकमुष्ट बुझेको कुरा साचो भएको सबै कार्ड अनेरास्ववियु र नेविसंघका विद्यार्थीका रहेको बताउनुभयो ।
सबै कार्ड एकमुष्ट बुझ्दा हार्ने पक्का भएको भन्दै तालाबन्दि गरि क्याम्पस प्रमुखलाई अपरण शैली गरेको र निर्वाचन अधिकृत अखिल (क्रान्तिकारी) निकट समेत भएको बताउनुभयो ।

Next Post

कालिकोटको राजनीति नयाँ मोडमा : नेकपा (एस) तर्फ आकर्षण

४ चैत्र २०८१, मंगलवार १२:५५
लेखक : प्रवास एकता नेपाली मञ्च अन्तर्राष्ट्रिय प्रचार प्रकाशन विभाग सदस्य, आमिर पाण्डे कालिकोट । कालिकोटको राजनीतिक दृश्य अहिले एक निर्णायक मोडमा प्रवेश गरेको छ। यहाँको पुरानो राजनीतिक संरचना भत्किंदै गर्दा नयाँ शक्ति र नयाँ विचारको प्रवेशले राजनीति सजीव र गतिशील बनाएको छ। नेकपा (एकीकृत समाजवादी) को नेतृत्वमा परिवर्तनको लहर […]