प्रहरीको जागिर छोडेर कृषी पेशाामा रमाई रहेका जग्ग प्रसादको कहाँनि पुरा भिडीयो

  ।   २२ जेष्ठ २०८१, मंगलवार १८:२०

कालिकोट । पछिल्लो समय गाँउदेखि शहर र शहर देखि विदेश जाने युवाको लर्को त्रिभुवन अन्तर्राष्टिय विमान स्थलमा देख्न सकिन्छ ।
गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक जानु भन्दा आफ्नै खेतबारी बाझो नराखि तरकारी लगाउन सकीने अहीले कृषी गरिरहेका किसानहरू बताउँछन्।

कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका ३ ताडिका जग्ग प्रसाद पाण्डे भने १६ बर्ष प्रहरीमा जागिर गरी प्रहरी हवल्दार समेत भैसकेका उनि प्रहरीको जागीर छोडेर कृषी पेशाामा रमाई रहेका छन् ।
उनले पशुपक्षिं तर्फ भैसी, बङगुर, कुखुरा पालन गर्नुका साथै मौसमि तथा बेमौसमि तरकारी खेति लगाएर मनङ्गे आम्दानि गरिरहेका छन । कृषि पेशाबाट उनले आफ्नो परिवारको गुजारा गर्ने मात्र नभई सिङ्गो कालिकोट जिल्लालाई आत्म निर्भर राख्ने लक्ष्य बोकेर अगाडि बढेका छन् ।

अहिले उनले उत्पादन गरेको तरकारी सदरमुखकाम मान्म बजार मात्र नभइ नाग्म बजार हुदै जुम्ला र मुगु बजार सम्म पुग्ने गरेको उनि बताउछन् । तर यता सरकारले दिने अनुदानमा आफु जस्ता वास्तविक किसान पहिचान गरि दिने गरेको भए अझ किसानको हौशला बढ्ने र कृषी पेशामा अग्रसर हुन वुवाहरु उत्प्रेरीत हुने उनको भनाई छ ।

तेस्तै जिल्लाको खाँडाचक्र नगरपालिका ४ की बसन्ति वि क हाल खाँडाचक्र नगरपालिका ३ ताडिमै आयर कृषी पेशा गरीरहेकी छन् । उनि भन्छिन अहिले बाख्रा पालन र तरकारी खेति गरेर आफ्नो परिवारको गुजारा गरी केहि पैसा बचत गर्ने गरेको छु ।

गाँउघरमा नै केहि गर्नु पर्छ भन्नेहरु कृषी पेशाामा लागेका पनि थुपै भेटीन्छन । खाँडाचक्र नगरपालिका २ गैरागाँउ की अप्सरा बिष्टले बेमौसमि तरकारी र नयाँ फलफुल लगाउने र फलाउने काम गरीरहेकी छन् । ८ बर्ष यता तरकारीबाट राम्रै भइरहेको र गर्नेहरुका लागी धैरै राम्रो फाइदा पनि रहेको उनि बताउछिन् । उनले अहिले आफुले कालिकोट जिल्लामा पहिलो पटक डागनफुड समेत फलाउन सफल भएको बताउन्छिन् ।

कालिकोटमा पछील्लो समय ठूलो सङ्ख्यामा युवाहरू रोजगारीका निम्ति विदेश जानथाले पनि सदरमुखकाम र बजार नजिकका गाउँघरमा कृषि खेतिमा पनि तेस्तै आर्कशण देखीइको छ ।

अहिले काम गर्नसक्ने युवाहरू कामको लागि भारत तिर की विदेश पलायन हुने गरेका छन्। त्यसले गर्दा खेतालाको धेरै अभाव भएको छ। अलि अलि जो काम गर्ने गर्छ उनिहरुले राम्मै्र आम्मदानि गरेका छन् ।

पुरा भिडीयो ;

Next Post

सङ्घीय अनुदान कालीकोटका लागि गत वर्षभन्दा पाँच करोड ५५ लाख घट्यो

२२ जेष्ठ २०८१, मंगलवार १८:२०
कालिकोट। कालीकोट जिल्लाका नौ वटा स्थानीय तहका लागि दुई अर्ब ६९ करोड ६६ लाख अनुदान प्राप्त भएको छ । सङ्घीय सरकारबाट आर्थिक वर्ष ०८१ ०८२ मा नौ स्थानीय तहका लागि दुई अर्ब ६९ करोड ६६ लाख अनुदान पाउने भएका हुन् । कालिकोटमा रहेका तीन वटा नगरपालिकाले वित्तीय समानीकरण अनुदान, सशर्त […]

सम्बन्धित शीर्षक