सुर्खेत । गुल्मीको इस्मा गाउँपालिका- २ मा आगलागी हुँदा ३८ घरगोठ जलेका छन् । स्थानीय सामुदायिक वनमा लागेको आगो बस्तीमा फैलिँएको हो ।
वनमा लागेको आगो बस्तीमा फैलिँदा १३ घर र २५ गोठ जलेको वडाध्यक्ष लोकनाथ आर्चायले बताए । घरगोठ जल्दा ४० भन्दा बढी भैंसी तथा बाख्रा जलेका छन् ।
आगलागीबाट क्षति भएका घरपरिवारलाई गाउँकै सुरक्षित स्थानमा राखिएको र अहीले आगलागी भएको ठाँउमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासहितको टोली पुगेको छ ।