कविता – बहुरङ्गी भेटिन्छन्

  ।   १७ श्रावण २०८३, आईतवार १२:२५

 कविता – बहुरङ्गी भेटिन्छन्
कोही बहुत
वजनदार भेटिन्छन्
कोही हलुङ्गा भेटिन्छन्
कोही त अझ
बेस्सरी बहुरङ्गी भेटिन्छन्
भेटी रहन्छन्
उस्तै उस्तै भेटी रहन्छन्
कतिबेला को भेटिन्छन्
कोही असाध्यै सोझा भेटिन्छन्
मनकारी भेटिन्छन्
दिलदार भेटिन्छन्
कहिलेकाही त आफ्नै भन्नेहरु भेटिन्छन्
हुन्छन् जन्ती जस्ता
छिनमै मलामी जस्ता भइ दिन्छन्
कोही त कतै नभेटिने पनि हुन्छन्
यस्तै यस्तै भेटिन्छन्
तर कोही कहिल्यै
नबिर्सिने हुन्छन्
अलिअलि गुन
अलिअलि बैगुन पठाउने
समय यात्रा हो
यात्रामा कोको भेटिन्छन्
भेटिन्छन् अनेक अनेक भेटिन्छन्
कोही छोडेर जाने भेटिन्छन्
कोही भेटिन्छन्
सँगसँगै
बहु रङ्गका भेटिन्छन्।।

दीर्घ बहादुर शाही ‘डोक्काघरे’

Next Post

निर्माण व्यवसायी महासंघको प्रदेश अधिवेशन, सार्वजनिक खरिद सुधारदेखि नयाँ नेतृत्वसम्म छलफल

१७ श्रावण २०८३, आईतवार १२:२५
दुईदिने अधिवेशनमा भुक्तानी समस्या, लागत समायोजन, ठेक्का व्यवस्थापन र निर्माण क्षेत्रका चुनौतीबारे साझा रणनीति बनाइने, सर्वसम्मत नेतृत्व चयनको प्रयास सुर्खेत । कर्णाली प्रदेशका निर्माण व्यवसायीहरू भोलिदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा भेला हुँदैछन्। कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघ को सातौँ वार्षिक साधारण सभा तथा तेस्रो प्रदेश अधिवेशन साउन १८ र १९ गते […]

सम्बन्धित शीर्षक