आगलागीबाट घाइते परिवारलाइ खाँडाचक्र नगरपालिकाले राहत चेक हस्तान्तरण

  ।   ५ चैत्र २०८०, सोमबार १४:३०

कालीकोट । वनमा आगलागीबाट घाइते भएका परिवारलाइ खाँडाचक्र नगरपालिकाले राहत स्वरुप ३ लाख ८० हजार रकम सहयोग गरेको छ । गत शुक्रबार कालीकोटको खाँडाचक्र नगरपालिका वडा नं. ५ को नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा बाख्रा चराउन गएका ५० बर्षिय नन्दराम चौलागाई १२ बर्षिय छोरी हरिशोभा चौलाईगाई घाइते भएका थिए ।

घाइते भएका बावुछोरीलाइ उपचारपको लागी खाँडाचक्र नगरपालिकाले राहत स्वरुप ३ लाख ८० हजार रकम को चेक नगर प्रमुख कमल बहादुर शाही, उपप्रमुख गणेश बहादुर शाही प्रमुख प्रशासकीय अधिकृत प्रवलजंङ शाही लगाएत वडा नम्बर ३ का अध्यक्ष ददिराम पाण्डे वडा नम्बर ४ का अध्यक्ष प्रभानन्द आचार्य ५का अध्यक्ष देउराम विक ६ का अध्यक्ष दिनेश शाही ७ का अध्यक्ष दिपराज कार्की लगाएत स्थानियको उपस्थितमा चौलागाई की धर्मपत्नि देविकन्या चौलागाईं हस्तान्तरण गरेका हुन् ।

गत शुक्रबार अपरान्ह ४ बजेको समयमा घाईते हरिशोभा बुवालाई नास्ता रोटी पुर्याउन गएकी थिईन ।
नास्ता खाई बाख्रा चराइरहेका बाबुछोरी एक्कासि आगो लाग्दा भाग्ने क्रममै आगोले जलाइ गम्भिर घाइते भएका थिए घाईते बावुछोरीलाई अस्थाई प्रहरी बिट मोल्फाबाट खटिएको प्रहरी टोलि र स्थानियहरुको सहभागितामा उद्यार गरी जिल्ला अस्पताल कालिकोट पठाइएको थियो ।

 

घाईते चौलागाईको घरमा भने ४० वर्षीय धर्मपत्नि देविकन्या चौलागाईं २१ वर्षीय छोरी बिमला चौलागाईं १८ वर्षीय छोरी रेसमा चौलागाईं १७ बर्षिय छोरा सुरेन्द्र चौलागाईं १४ बर्षिय छोरी दर्सना चौलागाईं र ६ बर्षिय छोरा किसोर चौलागाईं रहेका छन् ।

घटना स्थलमा हातको हत्केलाको नङ सहितको छाला , खुट्टाको जस्तो देखिने छाला , कालो रङको कोट, आर्मी रङ्गको कमाण्डो लेखिएको टोपी आधा जलेको उनको धागो कात्ने ताकु र एक जोर कालो रङ्गको आधि जलेको चप्पल भेटिएको छ ।
घटना स्थल वरीपरी पुरै वन जलेर कालो परेको छ । घाईते हरिशोभाको भने आईतबार दिउँसो १ बजेर ४० मिनेटमा उपचारको क्रममा मृत्यु भैसकेको र घाईते नन्दरामको पनि अवस्था गम्भिर रहेको प्रदेश अस्पतालका डाक्टर केएन पौडेलले जानकारी दिएका छन् ।

यता भने बहिनीको त ज्यान गयो तर घरको आर्थिक अवस्था निकै कमजोर रहेकाले उपचारमा रहेका बुवा नन्दरामलाई पनि बचाउन सकिदैनकी भनि जेठि छोरी बिमलाले सबैबाट सहयोगको अपेक्षा राखेकी छन् ।

 

Next Post

भूमि आयोग कालिकोटमा १ सय ५० श्रेस्ता पुर्जा ७ सय निस्सा तयारी

५ चैत्र २०८०, सोमबार १४:३०
कालिकोट । राष्ट्रिय भूमि आयोग जिल्ला समिति कालिकोटले पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकार सम्मेलनमा आयोगले जिल्लामा एक सय पचास  श्रेस्ता पुर्जा र सात सय निस्सा तयारीमा रहेको जनाएको छ । भुमी आयोगले जिल्लामा आजका दिन सम्म गरेका कामका प्रगति बिवरण र अबका दिनमा गर्न पर्ने काम विषयमा विशेष […]