सुर्खेत। नेकपा(एकीकृत समाजवादी)कर्णाली प्रदेशको प्रथम अधिवेश अध्यक्षमा ठगेन्द्र प्रकाश पुरीलाई सर्वसम्मत रुपमा निर्वाचित भएका छन।
कार्तिक २६ गते पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा उद्घाटन गरिएको अधिवेशनको बन्द शत्रले सचिवमा धिर बहादुर बिष्ट , उप सचिवमा धना जिसी(शाही) सहित १ सय २४ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
वरिष्ठ केन्द्रीय उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा जारी बन्द शत्रमा केन्द्रीय कमिटी सचिव चन्द्रबहादुर शाहीको अध्यक्षतामा गठित अध्यक्ष मण्डलको विशेष भूमिकामा नयाँ नेतृत्व चयनसहित अधिवेशन दुई दिनमै सम्पन्न भएको बताइएको छ । निर्वाचित कमिटीका पदाधिकारीहरुलाई वरिष्ठ उपाध्यक्ष पाण्डेका साथै उपाध्यक्ष प्रकाश ज्वाला लगायतले बधाई तथा शुभकामना दिएको छ ।
पूरा अधिबेशन भिडियो :