कर्णाली प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय

  ।   १ फाल्गुन २०८१, बिहीबार १६:५८

सुर्खेत । कर्णाली प्रदेश सरकारले २०८० मा जारी गरेको निजामती सेवा ऐन संशोधन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्री परिषद् बैठकले प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोद शाहका अनुसार परिमार्जित विधयकलाई पेस गर्ने र परामर्शका लागि प्रदेश लोक सेवा आयोगमा पठाइने निर्णय भएको छ । सरकारले २९ असोज २०८० मा कर्णाली प्रदेश निजामती सेवा ऐन लागु गरेको छ ।

सो बैठकले प्रदेश सरकारले विभिन्न समयमा विपद्, उद्धार तथा राहत कार्यमा प्रयोग गरेको हेलिकोप्टरको भाडा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निकासा दिनेगरी स्वीकृत गरेको छ । मन्त्रालयले विभिन्न समयमा दुई लाख ९१ हजार रकम भुक्तानी गर्न बाँकी थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कायममुकायम सचिवमा वरिष्ठ बाली संरक्षण अधिकृत दशौं परशुराम रावतलाई जिम्मेवारी दिने निर्णयसमेत भएको छ ।

Next Post

पार्किङका लागि निर्माण गरिएको सिमकोट विमानस्थलमा हस्तान्तरण नहुँदै प्वाल

१ फाल्गुन २०८१, बिहीबार १६:५८
हुम्ला । सिमकोट विमानस्थलको नयाँ निर्माण गरिएको एप्रोन (ट्याक्सी वे) हस्तान्तरण नहुँदै प्वाल परेको छ । एप्रोनका लागि पुरिएको माटोमा राम्रोसँग रोलर नलाउँदा माटो दबिएपछि कालोपत्रे गरेको एप्रोनको भागमा प्वाल परेको हो । हवाईजहाज पार्किङ गर्नका लागि नयाँ निर्माण गरिएको एप्रोन हस्तान्तरण नहुँदै भ्वाङ परेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका […]