अपडेट

कर्णालीका ४ जिल्लामा जिल्ला प्रहरी कार्यालयका प्रमुख फेरिए

  ।   १२ बैशाख २०८२, शुक्रबार १२:०६

सुर्खेत । प्रहरी प्रधान कार्यालय काठमाडौंले एक सय २१ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गर्दा कर्णाली प्रदेशका पाँच जिल्लामा डिएपी तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख फेरिएका छन् ।

कर्णाली प्रदेशका डोल्पा, जुम्ला, दैलेख, जाजरकोट प्रहरी प्रमुख र सुर्खेतका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी फेरिएका हुन् । प्रहरी प्रधान कार्यालय बुधबार उनीहरुलाई सरुवा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालको सरुवा भएको छ । उनको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा दरबन्दी भएपनि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा काज सरुवा गरिएको हो । उनको ठाउँमा गणेशबहादुर बराल आएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख हरिकृष्ण केसीको सरुवा भएको छ । उनको ठाउँमा डा।हेमबहादुर केसी आएका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख रहेका निरन्जन भट्टराई पनि सरुवा भएको छ । उनी केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा भएका हुन् । उनको ठाउँमा पुरुषोत्तमप्रसाद पाण्डे आएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सूचना अधिकारी रहेका डिएसपी वीरन्द्रवीर विश्वकर्माको सरुवा भएको छ । उनी जिल्ला प्रहरी कार्यालय रोल्पामा सरुवा भएका हुन् । उनको ठाउँमा मोहनजंग बुढथापा आएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका छेदीलाल कामतीको पनि सरुवा भएको छ । उनको ठाउँमा रबिजबाबु रेग्मी आएका छन् ।

Next Post

सल्यानमा बस दुर्घटना हुँदा पाँच जना घाइते

१२ बैशाख २०८२, शुक्रबार १२:०६
सल्यान । रुकुम पश्चिमको नुवाकोटबाट छुटेको बस सल्यानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । शुक्रबार बिहान सल्यानको बागचौर नगरपालिका ५ को खालबोटमा लु २ ख ६२७१ नम्बरको हाउस गाडी दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनालाई हातखुट्टामा चोट लागेको छ भने दुई जनाको अवस्था गम्भीर […]

सम्बन्धित शीर्षक