कालिकोटमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

  ।   २७ श्रावण २०८१, आईतवार १६:३४

कालीकोट । ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । खाडाचक्र नगरपालिका-३ ताडीमा आइतबार विहान १० बजे तिला कर्णाली क्याम्पसबाट काठ बोकेर ओरालो ताडी बजार झर्ने क्रममा आधारभूत स्वास्थ्य इकाइबाट चिप्लिएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाकाअनुसार कर्णाली प्रदेश ००१ त ०४७८ नम्वरको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् । ट्र्याक्टर दुर्घटनामा खाडाचक्र नगरपालिका-३ घर भएका २५ वर्षीय चालक गणेश पाण्डे र सान्नी त्रिवेणी गाउँपालिका-५ का १५ वर्षीय अपिल विश्वकर्मा घाइते भएका छन् ।

विश्वकर्मालाई बढी चोट लागेको छ । उनको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ भने चालकको हातको औला भाँचिएको छ ।ओरालोमा ब्रेक नलागेपछि ट्र्याक्टर स्वास्थ्य चौकीबाट अन्दाजी ५० मिटर तल खसेको अस्थायी प्रहरी विट ताडीका वरिष्ठ हवलदार बलवहादुर भण्डारीले बताउनुभयो ।

Next Post

स्याउ प्रतिकिलो ५० रुपियाँ मुल्यमा बेच्ने गर्छन किसान

२७ श्रावण २०८१, आईतवार १६:३४
कालीकोट । साउनको तेस्रो साता लागेसँगै जिल्लामा स्याउ टिप्न सुरु भएको छ । स्याउ टिपेर बिक्रि गर्न सुरु भएको हो । सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्लाको तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका कृषकहरु स्याउ टिप्न व्यस्त छन् । तिलागुफा नगरपालिकाले साउन २० सम्म स्याउ टिप्न रोकेको थियो । हतारमा मूल्य […]