उद्योग बाणिज्य संघ कालिकोटको मतदानमा तिन सय ६५ मत खसे

  ।   १२ बैशाख २०८१, बुधबार १८:००
oplus_0

कालिकोट । उद्योग बाणिज्य संघ कालिकोटको चुनावको मतदान  दुई प्यानल बिच प्रतिशप्रधा हुने भएको छ । २१ ओैं चुनावी साधारणसभामा कालिकोट उद्योग बाणिज्य संघको आज बुधबार जिल्ला समन्वय समितिको हलमा निर्वाचन भईरहेको छ ।

जिल्ला समन्वय समितिको हलमा भईरहेको निर्वाचनमा जम्मा आठ सय ६५ मतदातामा अहीले सम्म तिन सय ६५ मत खसेको अनुमानित पाँच सय सम्म मत खस्न सक्ने  मुख्य निर्वाचन अधिकूत अमल राज शाहीले बताउनुभयो ।

लोकतान्त्रिक समावेशी संयुक्त व्यावसायिक प्यानल र प्रगतिशीइल साझा व्यावसायिक प्यानल गरि दुई प्यानल बनेको हो ।

लोकतान्त्रिक समावेशी संयुक्त व्यावसायिक प्यानलबाट अध्यक्ष पदमा रतन वहादुर शाही र प्रगतिशीइल साझा व्यावसायिक प्यानलबाट तिलबहादुर शाही गरि दुई प्यानलका उम्मेदार बिच प्रतिशप्रभा हुने गरी अहिले निर्वाचन भईरहेको छ ।

यसै गरी अन्य उम्मेदारमा बरिष्ठ उपाध्यक्षमा जनक बहादुर शाही र भानुभक्त शर्मा आचार्य द्वितीय उपाध्यक्ष गौरी संज्याल (गन्डकी) कृष्णप्रसाद उपाध्या महासचिवमा कमलराज बराल र धनन्जय अधिकारी स्वतन्त्र उम्मेदार जिवन कुमार शाहि सचिवमा जगेन्द्र आचार्य र भद्र वहादुर वम (भरत) कोषाध्यक्षमा मणिराम पाण्डे र खगेन्द्र पाण्डे बिच कडा प्रतिशप्रधा हुने देखिएको छ ।

उद्योग वाणिज्य संघ कालिकोटको २१ औ चुनावि साधारणसभामा नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी,राष्ट्रिय स्वतन्त्र पार्टी ,नेपाल मजदुर किसान पार्टी,जनता समाजवादी,राप्रपा कालिकोटको व्यवसायीक लोकतान्त्रिक समावेशी संयुक्त प्यानल एकातिर हुदाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले ), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्टिय प्रजातन्त्र पार्टि प्रगतिशीइल साझा व्यावसायिक प्यानल अर्को तिर होमिएर प्रचारप्रसारमा लागेका छन् ।

Next Post

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

१२ बैशाख २०८१, बुधबार १८:००
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई तीन दलका २३ सांसदले विश्वासको मत दिएका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र १ मत तटस्थमा परेको छ […]