रारा तालको १ होटेलमा आगलागी : ४ वटा भवन पूर्ण रूपमा जलेर नष्ट

  ।   १५ फाल्गुन २०८१, बिहीबार ११:१०
सांकेतिक तस्विर

मुगु । रारा तालको किनारमा रहेको एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीका कारण ठूलो क्षति पुगेको भए पनि मानवीय क्षति भने नभएको जनाइएको छ।

आगलागीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनको संयुक्त प्रयासमा आज बिहान आगो नियन्त्रणमा लिन सफल भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वमा १५ जना प्रहरी टोली तत्काल घटनास्थलमा पुगेका थिए।

प्रारम्भिक अनुसन्धानअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले तीव्र रूपमा फैलिँदै ग्याँस सिलिण्डर पड्किएको थियो, जसले थप तीन भवनलाई क्षति पुर्यायो। होटलका संरचनाहरू मुख्यतः काठबाट निर्मित भएकाले आगो तीव्र गतिमा फैलिएको बताइएको छ।

आगलागी सुरु भएलगत्तै सुरक्षाकर्मी र स्थानीय प्रशासनले होटेलमा रहेका पाहुनाहरूलाई सुरक्षित स्थानमा सार्ने कार्य गरेका थिए। उद्धार गरिएका पाहुनाहरूलाई नजिकैका अन्य होटेल, नेपाली सेनाको ब्यारेक तथा रारा राष्ट्रिय निकुञ्ज कार्यालयमा राखिएको छ।

आगलागीको पूर्ण विवरण आउन बाँकी रहेको भन्दै प्रहरी तथा स्थानीय प्रशासनले घटनाको विस्तृत छानबिन सुरु गरिसकेको जनाएको छ।

भिडियो

Next Post

पहुँचका भरमा झ्यालबाट योजना हाल्ने विकृत अन्त्य :मुख्यमन्त्री कँडेल

१५ फाल्गुन २०८१, बिहीबार ११:१०
सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले ‘आयोजना प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि’ स्वीकृत गरेको छ । मुख्यमन्त्री यामलाल कँडेल उक्त कार्यविधि स्वीकृत भएसँगै आगामी आर्थिक वर्षका लागि निर्माण गरिने बजेट निर्माण क्रममा हुने योजना छनोट प्रक्रियामा पूर्ण रूपमा सुधार आउने दाबी गर्छन् । पहुँचका भरमा झ्यालबाट योजना हाल्ने विकृत […]