भाइटीका मनाउन नेपाल आउँदै गर्दा भारतमा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

  ।   १८ कार्तिक २०८१, आईतवार १७:५५

कपिलवस्तु । कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । तिहारको भाइटीका मनाउन भारतबाट नेपाल आउँदै गरेको भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पि बि १० जेएन ६१९९ हुण्डाई कार र युपी ४७ टी २७०३ नम्बरको रोडवेज बस एक आपसमा ठक्कर खाएको थियो ।

शनिबारभएको दुर्घटनामा परी कपिलवस्तु बाणगङ्गा नगरपालिका–९ बर्दहवाका दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका–६ का अनिल सापकोटाको निधन भएको थाना पचपेडवा बलरामपुरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । कारमा सवार मृतक बेल्बासेका पत्नी शारदा बेल्बासे, बाणगङ्गा नगरपालिका जितपुर नम्बर ४ निवासी टेकबहादुर र उनकी पत्नी धनकला घाइते भएको बलरामपुर प्रहरीले जनाएको छ ।

Next Post

दलित युवाहरू बीच पहिलो पटक खुला फुटबल प्रतियोगिता

१८ कार्तिक २०८१, आईतवार १७:५५
जुम्ला । दलित युवाहरू बीच पहिलो पटक खुला फुटबल प्रतियोगिता सुरु भएको छ । दलित सेवा संघ जुम्ला शाखाको आयोजना र केही युवाहरूको समन्वयमा जिल्ला स्तरीय खुला फुटबल प्रतियोगिता सञ्चालन भएको हो । उक्त प्रतियोगिता आज एक कार्यक्रम बीच उद्घाटन भएको हो । आयोजनामा जिल्लाका विभिन्न पालिकाबाट १७ वटा टिम […]