जुम्ला । दलित युवाहरू बीच पहिलो पटक खुला फुटबल प्रतियोगिता सुरु भएको छ । दलित सेवा संघ जुम्ला शाखाको आयोजना र केही युवाहरूको समन्वयमा जिल्ला स्तरीय खुला फुटबल प्रतियोगिता सञ्चालन भएको हो ।
उक्त प्रतियोगिता आज एक कार्यक्रम बीच उद्घाटन भएको हो । आयोजनामा जिल्लाका विभिन्न पालिकाबाट १७ वटा टिम दर्ता भएका छन । आज १९ गते भएको पहिलो दिनमा २ वटा खेल सम्पन्न भएका छन् ।
पहिलो खेल फोईकालीका यूवा क्लब देपालगाउँ र सरस्वती यूवा क्लब मिचा बिच भएको थियो । जसमा फोईकालीका यूवा क्लबले २ गर्दै सरस्वती यूवा क्लब लाई हराएको छ । उद्घाटन पश्चात् भएको दोर्स्रो खेल डाँडाकोट यूवा क्लब र देउती कैलाश यूवा क्लबका बिच भएको खेलमा १ गोलले देउती कैलाश यूवा क्लब कुडारी विजयी भएको हो।