कालिकोट । नेपाल विद्युत प्राधिकरण कालीकोटको भवन निर्माण अलपत्र परेको छ । जग्गा छनोटमा ढिलाइ हुँदा कालिकोटको विद्युत भवन निर्माणमा समस्या देखिएको हो ।
यस अघि २०७६ मा भवन निर्माणका लागि जग्गा खरिद गर्न एक करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । राजनीति चलखेलले गर्दा जग्गा छनोटमा सहमति नहुँदा अहिलेसम्म पनि जग्गा खरिद भएको छैन । जसकारण कालिकोटमा भवन अभावका कारण प्राधिकरणको सेवा प्रभावित छ ।
गोरखापत्र पत्रीकामा सार्वजनिक सूचना गरेर जग्गा छनोटको लागि परेका ६ जनाको जग्गामध्ये सबैभन्दा उपयुक्त मानिएको खाँडाचक्र नगरपालिका – ३ ताडी बजारस्थित कुलप्रसाद पाण्डेको जग्गा छनोटका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित उपसमितिले प्रतिवेदन दिए पनि जिल्ला समन्वय प्रमुख धनजीत शाहीको दबावले निर्णय हुन नसकेको वडा नं. ३ का वडा अध्यक्ष दधिराम पाण्डेले बताए ।
समन्वय प्रमुख शाहीले तिखेढुंगास्थित आफ्नै दाई तन्त्रवहादुर शाहीको जग्गा छनोट गर्न दबाव दिएको स्थानीयको आरोप छ । ‘ ताडी र मान्मबीच विबादले जग्गा समयमा टुंगो नलाग्दा भवन निर्माणको काम समयमा सुरु हुन नसकेको जनाए ।
तेस्तै जिल्लामा बारम्बार यस्ता सरकारि कार्यलय भवन निर्माणमा र छनोटमा ताडी बजारलाई अपहेलित गर्दै विवाद हुँदै आइरहेको, अहिले विद्युत भवन निर्माणका लागि पनि समस्या देखिएको स्थानीय भानुप्रभात पाण्डेले बताए । उक्त कार्यलयको जग्गा पहिला नै छनोट भैसक्दा पनि राजनीति पावर र पौजका भरमा निर्णय रोक्ने र हस्तक्षेप भए ताडि बासी अब सडकमा होस सम्बन्धित निकाए धाउन बाध्य हुन आउनु पर्ने बेला आईपुगेको साथै अब पनि हस्तक्षेप हुन पुगेमा हामि कडा आन्दोलनमा जाने उल्लेख गरे । समयमा उक्त विबाद टुंगो लाउन जिल्ला प्रमुख अधिकारि जिल्ला प्रशासन कार्यलय कालिकोट र जिल्ला समन्वय प्रमुखलाई ध्यानआकर्षण पत्र बुझाएको समेत जानकारी दिए ।