एमाले कालिकोटको ११औं जिल्ला अधिवेशन चैत २१ गतेदेखि हुने

  ।   १ चैत्र २०८०, बिहीबार १९:५५

कालिकोट । नेकपा (एमाले) कालीकोट पार्टीको ११ औं जिल्ला अधिवेशनको चैत १० गते स्थानीय कमिटीमा एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय भएको छ । (एमाले) कालीकोटको जिल्ला अधिवेशन यहि चैत २१ गतेदेखि २३ गतेसम्म हुने  र स्थानीय कमिटीमा एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय भएको एमाले कालीकोटले जनाएको छ।

पार्टी कार्यलयमा विहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपा (एमाले) कालीकोटले भातृ संगठनलाई अधिवेशनमा भाग लिन पाउने निर्णय गरेको छ।

जिल्लाका क्रियाशील भातृ संगठनबाट तीन जनाका दरले ६५ जना प्रतिनिधि आउन पाउने निर्णय गरेको हो। आयोजक कमिटीका १०९ जना स्थानीय तहबाट आउने १८५ जना र प्रतिनिधि संख्याको पाँच प्रतिशतका दरले मनोनित गरेर ३८० जना प्रतिनिधि छनोट हुने भएका छन्।

जिल्ला अध्यक्ष जसिप्रसाद पाण्डेका अनुसार आर्थिक लगायतका सबै हिसाबले खुला प्रतिनिधिका लागि ३५ जना बराबर १ जना र दलित महिलाको हकमा २५ जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ । अधिवेशनका लागि सात वटा उपसमिति समेत गठन गरिएको छ।

Next Post

शहरी विकास मन्त्री बुढाले आर्थिक अनियमितता नगर्न निर्देशन

१ चैत्र २०८०, बिहीबार १९:५५
काठमाडौं । संघीय सरकारका शहरी विकास मन्त्री धन बहादुर बुढाले आर्थिक अनियमितता नगर्न निर्देशन दिनुभएको छ। शुक्रबार शहरी विकास तथा भवन निर्माण विभागको निरिक्षण गर्दै मन्त्री बुढाले काम गर्नेक्रममा आर्थिक लोभमा नफस्न आग्रह गर्नुभएको हो । यस्तो कार्य गरेमा नसहने र तत्काल कार्बाही भोग्नु पर्ने उहाँले बताउनुभयो । यस्तै शहरी […]