कुटेर प्रीतिको
सिरौँला पठाइ दिनुछ
प्रियसीलाई
सौँराइको एक फाँको
निचोरेर तोरिका दाना
पेलि राख्नु छ
मन भर्ने पकुवान
अमली भइ पिउनु छ
स्मृतिको भरी प्याला
छुटिन बसेको बैँसिलो सर्को
फेरी बामे सर्दै
पछिपछि पुग्छ बैसाखी जसरी
पिरतीका डल्ला कुम्लो बाधेर
कहिल्यै नपोखिने गरी
राख्नु छ सन्दूक भित्र
बाटो कुरी
कसैले मागे छ भने पनि
पिरतीका डल्ला
सक्दिन दिन
उसले थापेको प्याला भरी
दौडिरहेको छ प्रीतिको रैबार
सुम्पेको सिरौँला टिप्न्न
सौँराइको छाक मेटाउन भन्दै
पुग्छ अमली बनी
बैँसिलो सर्को मध्यानीमा।।
कवि दीर्घ बहादुर शाही (डोक्काघरे)







