कविता -प्रीतिको रैबार

  ।   ३ श्रावण २०८३, आईतवार ०७:०८

कुटेर प्रीतिको
सिरौँला पठाइ दिनुछ
प्रियसीलाई
सौँराइको एक फाँको
निचोरेर तोरिका दाना
पेलि राख्नु छ
मन भर्ने पकुवान
अमली भइ पिउनु छ
स्मृतिको भरी प्याला
छुटिन बसेको बैँसिलो सर्को
फेरी बामे सर्दै
पछिपछि पुग्छ बैसाखी जसरी
पिरतीका डल्ला कुम्लो बाधेर
कहिल्यै नपोखिने गरी
राख्नु छ सन्दूक भित्र
बाटो कुरी
कसैले मागे छ भने पनि
पिरतीका डल्ला
सक्दिन दिन
उसले थापेको प्याला भरी
दौडिरहेको छ प्रीतिको रैबार
सुम्पेको सिरौँला टिप्न्न
सौँराइको छाक मेटाउन भन्दै
पुग्छ अमली बनी
बैँसिलो सर्को मध्यानीमा।।

कवि दीर्घ बहादुर शाही (डोक्काघरे)

Next Post

चार वर्षदेखि पुलविहीन फुक्गाढ, सरकारको बेवास्ताले जोखिमपूर्ण यात्रा

३ श्रावण २०८३, आईतवार ०७:०८
कालिकोट । कर्णाली कोरिडोर अन्तर्गत कालिकोटको फुक्गाढ खोलामा स्थायी पुल निर्माण हुन नसक्दा वर्षौंदेखि स्थानीयवासी, यात्रु र सवारी चालकले सास्ती भोगिरहेका छन्। २०७९ साल असोजमा आएको बाढीले बेलिब्रिज बगाएपछि खोलामा सुरक्षित आवागमनको व्यवस्था हुन नसक्दा प्रत्येक वर्षायाममा जोखिम झन् बढ्दै गएको छ। वर्षा सुरु भएसँगै फुक्गाढ खोलामा पानीको बहाव तीव्र […]