कांग्रेस सुदूरपश्चिम कमलबहादुर शाहले मुख्यमन्त्रीमा दाबी पेस

  ।   २० श्रावण २०८१, आईतवार १३:२५

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

आज बसेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको थियो । शाहले एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाबी पेस गरेका छन् ।

५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १८, एमालेका १० र नाउपाका ७ सांसद रहेका छन् ।

Next Post

कर्णालीमा कांग्रेसका चार मन्त्रीले सपथ सगै गरे पदभार ग्रहण

२० श्रावण २०८१, आईतवार १३:२५
सुर्खेत । कर्णाली प्रदेश सरकारका चार मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा नेकपा एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेसकोतर्फबाट सहभागी हुने चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सपथ ग्रहण गरेका हुन् । सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना […]