सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारको लागि संयुक्त राज्य अमेरिका जाने भएका छन् । उहाँ जेठ ५ गतेदेखि असार १३ गतेसम्म उपचारका लागि अमेरिका जाने भएका हुन् ।
सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला घर भएका कर्णाली प्रदेशका प्रदेश प्रमुख जोशीलाई अमेरिकामा उपचारमा जानका लागि बैशाख १७ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले स्वीकृती प्रदान गरेको हो । प्रदेश प्रमुख जोशीको अनुपस्थितिमा उनले सम्पादन गर्दै आएका काम सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले गर्ने भएका छन् ।