आगोले निस्सासिएर एक सुत्केरी महिलाको मृत्यु

  ।   ८ श्रावण २०८१, मंगलवार ०७:४४
साकेंतिक तस्बिर

जुम्ला । आगो बालेर सुतेको अवस्थामामा निस्सासिएर एक सुत्केरी महिलाको मृत्यु भएको छ। जिल्लाको पातारासी गाउँपालिका ६ बाँतामा सुत्केरी भएको ११ ओैं दिनमा आगोले सेक्न बालेको कोइलाको धुवाँमा निस्सासिएर उनको मृत्यु भएको हो।

पातासारी गाउँपालिका ६ स्थायी ठेगाना भएकी सदरमुकामस्थित कालेखोलीमा बस्दै आएकी २२ वर्षीया मायालक्ष्मी महतारा निस्सासिएर गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते महताराको उपचारको क्रममा निधन भएको उपचारमा संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा। विश्व श्रेष्ठले बताउनु भयो।

‘मृत्यु हुने महिला सुत्केरी भएको १२ दिन भएको थियो,’ उनले भने, ‘धुवाँमा निस्सासिएर मृतक महताराकी बहिनी जुनमाया रोकया र १२ दिने दूधे बच्चा पनि घाइते भएका छन्।’अहिले बच्चालाई एनआइसीयूमा राखेर उपचार थालिएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतीका अनुसार सुत्केरी महतारालाई अस्पताल पुर्‍याएको केही समयमै निधन भएको हो। तीनै जनालाई सोमबार बिहान सवा सात बजे उपचारका लागि प्रतिष्ठान लगिएको थियो।

‘उनीहरू दुई तले घरमा बस्दा आएका थिए । सुत्केरी भएकोले तेलमा मेथी र आगो बालेको पाइएको छ’, उनले भने, ‘हिजो आफन्तहरूको पनि जमघट भएको रहेछ। राती ११ बजे श्रीमान र सासू माथिल्लो कोठामा सुतेछन्।’

प्रहरी घटनास्थल पुग्दा सुत्केरीलाई तताउन आगो बालेको पाइएको र घटनास्थलमा धुवाँको प्रभाव बाँकी नै रहेको पाइएको छ। मृतक महतारा र बहिनी रोकाया तल्लो कोठामा सुतेका मृतकका आफन्त कार्मा बुढाले बताउनुभयो ।

‘सोमबार बिहान भने अबेरसम्म नउठेपछि ढोका फोडेर हेर्दा बल्ल घटना थाहा भएको हो,’ उनले भने, ‘अब पोष्टमार्टम रिपोर्ट आएपछि के भएको हो भन्ने थाहा हुने बताउनुभयो ।’

Next Post

जुम्लामा आगोको धुवाँले निस्सासिएर सुत्केरी सहित एक युवतीको निधन

८ श्रावण २०८१, मंगलवार ०७:४४
जुम्ला । जुम्लामा आगोको धुवाँले निस्सासिएर सुत्केरी सहित एक युवतीको निधन भएको छ । जुम्लाको पातारासी गाउँपालिका – ४ कि २२ वर्षिय मायालक्ष्मी महताराको आगोको धुवाँले निस्सासिएर निधन भएको हो । सुत्केरी भएको बेला आगो बालेर बच्चालाई सेक्ने चलन हुन्छ । जम्मा ११ दिनकी सुत्केरी महताराको निस्सासिएर निधन भएको छ […]