बाढीपहिरो र डुबानमा परी १ सय जनाको मृत्यु , ६७ जना बेपत्ता

  ।   १३ आश्विन २०८१, आईतवार ०८:५१

काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छ । तेस्तै ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय १ जना घाइते भएका छन् ।

अविरल वर्षा पछि आएको बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर ७, सिन्धुपाल्चोक ६ , सोलुखुम्बु ५, पाँचथर ५, भक्तपुर ५ जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा ३, सिन्धुलीमा २, धनकुटा २, महोत्तरी २, रामेछाप १, झापा १, उदयपुर १, इलाम १, सप्तरी १ र नुवाकोटमा १जनाको मृत्यु भएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएको तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उहाँले बताउनुभयो ।

Next Post

चर्को आलोचना पछि हवाई टिकटको मूल्य नबढाउने निर्णय

१३ आश्विन २०८१, आईतवार ०८:५१
काठमाडौँ । विमान कम्पनीहरुले हवाई टिकटको मूल्य नबढाउने भएका छन् । विपत्तिको समयमा महङ्गो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायुसेवा सञ्चालक सङ्घको आजको बैठकले निर्णय गरेको हो । सङ्घका अध्यक्ष मनोज कार्कीले सोमबार, मङ्गलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय भएको […]