जुम्लामा शिक्षा अवस्था सुधार गर्ने भुमिका कस्को ? शिर्षकमा शृङ्खला संवाद

  ।   २८ पुष २०८१, आईतवार १७:५३

जुम्ला । जुम्लाको शिक्षा अवस्था सुधार गर्ने भुमिका कस्कोरु शिर्षकमा शृङ्खला संवाद सम्पन्न भएको छ ।

ज्ञान मञ्जरी मञ्चद्वारा आयोजित जुम्लामा जुम्लाको शिक्षा अवस्था सुधार गर्ने भुमिका कस्को शिर्षकमा शृङ्खला संवाद सम्पन्न भएको छ । शृङ्खला संवाद भाग दुईको संवाद नेपाल पत्रकार महासंघ जुम्ला शाखाको हलमा सम्पन्न भएको हो ।

शृङ्खला संवादमा प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही जिल्ला शिक्षा समन्वय इकाई प्रमुख रमेश मल्ल र चन्दननाथ माध्यमिक विद्यालयका शिक्षक समृता बुढा वक्ताको रुपमा उपस्थित भएका थिए भने सहजकर्ता भूमिका निभाउने पत्रकार नौरते नेपालीले गरेका थिए ।

शृङ्खला संवादमा प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जिल्ला प्रशासन कार्यालयले विद्यालय भएका गतिविधिहरुको अनुगमन गर्न सक्दैन । राष्ट्रिय स्तर परिक्षाको केही कार्य गर्ने अधिकार छ जिल्ला प्रशासन कार्यालयले परीक्षा सम्बन्धि कामकारबाही गर्छ । बाँकी सबै शिक्षा सम्बन्धि अधिकार स्थानीय तहहरुको मातहतमाअ र शिक्षा सम्बन्धित निकायहरसँग छु। उनले भने ।

त्यस्तै जिल्ला शिक्षा समन्वय इकाई प्रमुख रमेश मल्लका अनुसार ुराज्यले सबैभन्दा बढी लगानी शिक्षामा गर्छ तर हामीले सोचेको जस्तो प्रतिफल पाउन नसकेको स्वीकार गर्दै आगामी दिनमा जिल्लामा शिक्षाको गुणस्तर र अन्य समस्याहरुलाई समन्वय इकाईले हल गर्ने छु ।

शृङ्खला संवाद अर्का वक्ता समृता बुढाले ुशिक्षाको लक्ष्य पूरा गर्ने माध्यम भनेको हामी शिक्षक हो ।राज्यले शिक्षा सम्बन्धि ऐनमा रहेर हामीले काम गरिरहेका छ । सबै शिक्षक कमजोर हुदैनन् गलत हुदैनन् । यति गलत छन भने हरेक शिक्षक जवाफदेही हुनुपर्छ । शिक्षा समन्वय एकाई परिक्षाको समयमा मात्रै अनुगमनमा आउनु व्यापक समस्या हो । हरेक अभिभावकले पनि आफ्नो कर्तव्य पूरा गर्नुपर्नेु उनले बताइन ।

Next Post

कर्णाली जेसिज २०२५ का लागि शाखा अधिवेशन उद्घघाटन

२८ पुष २०८१, आईतवार १७:५३
कालिकोट । कर्णाली जेसिज शाखा बर्ष २०२५ का लागि शाखा अधिवेशनको उद्घघाटन भएको छ। कर्णाली जेसीज शाखा बर्ष २०२४ का अध्यक्ष जेसी गणेशमान पाण्डेको सभा अध्यक्षतामा र खाँडाचक्र नगरपालिका नगर प्रमुख कमल बहादुर शाहीको प्रमुख आतिथ्यता, कर्णाली जेसिज वर्ष २०२० का अध्यक्ष सबिन बिष्टको बिशेश आतिथ्यता जिल्लामा क्रियाशील राजनितीक दल […]