अपडेट

निर्वाचनको मुखमै प्रचण्ड भारत प्रस्थान, राजनीतिक वृत्तमा चासो

  ।   २० पुष २०८२, आईतवार ११:४७

काठमाडौं। देश निर्वाचनको तयारीमा जुटिरहेका बेला पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणले राजनीतिक वृत्तमा नयाँ बहस जन्माएको छ। आइतबार साँझ नयाँ दिल्ली प्रस्थान गर्न लागेका प्रचण्डको भ्रमणलाई साधारण कार्यक्रमभन्दा बढी अर्थपूर्ण रूपमा हेरिएको छ।

नयाँ दिल्लीमा नेपाली समाज भारतले आयोजना गर्ने एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम मा सहभागी हुन उनी भारत जान लागेका हुन्। तर, निर्वाचन नजिकिँदै गर्दा उनको भारत भ्रमणले नेपाल–भारत राजनीतिक सम्बन्ध, वामपन्थी एकता र आगामी रणनीतिबारे अड्कलबाजी सुरु भएको छ।

जेनजी आन्दोलनपछि समाजवादीसहितका दलहरूलाई समेट्दै नयाँ कम्युनिस्ट धारा निर्माणमा जुटेका प्रचण्डको यो भ्रमण भावी राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ। यद्यपि, पार्टी स्रोतले भने यो भ्रमण औपचारिक तथा कार्यक्रम–केन्द्रित मात्र भएको दाबी गरेको छ।

अध्यक्ष प्रचण्ड सोमबार साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।“भोलि साँझ फर्किने कार्यक्रम छ,” आचार्यले जानकारी दिए।

Next Post

मुगुका रैथाने बाली चिनोको माग सहरसम्म, किसानलाई गाउँमै बजार

२० पुष २०८२, आईतवार ११:४७
मुगु । मुगु जिल्लाका विभिन्न गाउँबस्तीमा फल्ने लोपोन्मुख रैथाने खाद्यबाली चिनो पछिल्लो समय किसानको आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। औषधीय गुणयुक्त बालीको रूपमा चिनोको चर्चा बढेसँगै स्थानीय व्यापारीहरू गाउँमै पुगेर खरिद गर्न थालेपछि किसानहरू उत्साहित भएका छन्। छायानाथ रारा नगरपालिका–६ का स्थानीय व्यापारी खड्क्या ऐडीका अनुसार चिनो मधुमेह र […]