अपडेट

सल्यानबाट एमाले कर्णाली अध्यक्ष गुलाबजंग शाह प्रतिनिधिसभा उम्मेदवारमा एकल सिफारिस

  ।   २० पुष २०८२, आईतवार १२:४५

सल्यान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाह आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सल्यान जिल्लाबाट एकल उम्मेदवारका रूपमा सिफारिस हुनुभएको छ ।

शुक्रबार सम्पन्न एमाले सल्यानको आठौँ पूर्ण बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि शाहलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो । सल्यान जिल्लामा एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको छ ।

एमाले सल्यानका अध्यक्ष भिमबहादुर सेनका अनुसार शाहको लामो राजनीतिक अनुभव, कर्णाली प्रदेशमा पार्टी नेतृत्वमा निर्वाह गरेको भूमिका तथा राष्ट्रिय राजनीतिमा पुर्‍याएको योगदानलाई आधार मानेर एकल सिफारिस गरिएको हो । “पार्टी संगठन सुदृढीकरणदेखि जनताको मुद्दा उठानसम्म उहाँको भूमिका प्रभावकारी रहँदै आएको छ,” सेनले बताउनुभयो ।

बैठकले पार्टीको भर्खरै सम्पन्न ११औँ महाधिवेशनको सन्देश जनस्तरसम्म पुर्‍याउने उद्देश्यले जिल्लाका सबै स्थानीय तहमा सन्देशसभा तथा विस्तारित बैठक आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

Next Post

शुभकालिका–५ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण तथा सम्मान

२० पुष २०८२, आईतवार १२:४५
कालिकोट। कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नं. ५ मा जेष्ठ नागरिकलाई लक्षित गर्दै न्यानो कपडा वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। हिमालयन लाइफ इन्सुरेन्स लिमिटेड शाखा कार्यालय मान्म कालिकोटको सामाजिक उत्तरदायित्व ( CSR ) कार्यक्रमअन्तर्गत २०८२ साल पुस २० गते उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा वडा नं. ५ […]