भारतको लोकसभा निर्वाचनको मतगणना जारी एनडीए गठबन्धनको अग्रता

  ।   २२ जेष्ठ २०८१, मंगलवार १७:२९

काठमाडौं ।  भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । बिहान ९ बजेदेखि शुरु भएको मतगणनामा अहिलेसम्म एनडीए गठबन्धन अगाडि रहेको छ भने इन्डिया गठबन्धनले कडा चुनौती दिएको देखिएको छ ।

भारतीय लोक सभामा ५४३ सिट छ। जसमध्ये स्पष्ट बहुमत पुर्‍याउनका लागि २७२ सिट चाहिन्छ। प्रारम्भिक मत गणना अनुसार एनडीएले ५४३ लोकसभा सिटमध्ये २९३ सिटमा अग्रता बनाएको छ। परिणाम अहिलेकै लयमा गयो भने एनडीएलाई सरकार बनाउनका लागि पर्याप्त सिट पुग्छ। तर भाजपा एक्लैको भने २४० आसपासमै खुम्चिने प्रारम्भिक परिणामले देखाएको छ।

अहिलेसम्म एनडीए गठबन्धन २९६ स्थानमा अगाडि छ । दुई सिट भाजपाले जितेको छ । तर भाजपाले बहुमत गुमाएको छ । इन्डिया गठबन्धन २१३ स्थानमा अगाडि रहेको छ ।

भाजपा एक्लैको भने २४० आसपासमै खुम्चिने प्रारम्भिक परिणामले देखाएको छ।अहिलेसम्मको गणना अनुसार कांग्रेस आई नेतृत्वको इण्डिया गठबन्धन २३३ सिटमा अगाडि देखिएको छ ।

विपक्षी गठबन्धनले सबैभन्दा ठूलो प्रदेश उत्तर प्रदेशमा ठूलो जित हासिल गर्ने संकेत देखिएको छ । ८० लोकसभा सिट रहेको उत्तर प्रदेशमा भाजपा ३५ सिटमा अगाडि रहेको छ ।

जबकि २०१९ को निर्वाचनमा भाजपाले ७२ सिट जितेको थियो । यस पटक समाजवादीले ३६ र कांग्रेस आई एक्लैले १०० आसपास सिट ल्याउने देखिएको छ।

Next Post

प्रहरीको जागिर छोडेर कृषी पेशाामा रमाई रहेका जग्ग प्रसादको कहाँनि पुरा भिडीयो

२२ जेष्ठ २०८१, मंगलवार १७:२९
कालिकोट । पछिल्लो समय गाँउदेखि शहर र शहर देखि विदेश जाने युवाको लर्को त्रिभुवन अन्तर्राष्टिय विमान स्थलमा देख्न सकिन्छ । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक जानु भन्दा आफ्नै खेतबारी बाझो नराखि तरकारी लगाउन सकीने अहीले कृषी गरिरहेका किसानहरू बताउँछन्। कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका ३ ताडिका जग्ग प्रसाद […]