जुम्ला । चन्दननाथ नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जुम्लाद्वारा चन्दननाथ नगरपालिका ०५ मा ग्यासबाट हुनसक्ने आगलागी सम्बन्धि कृतिम अभ्यास गरेर सचेतनामूलक कार्यक्रम गरिएको छ । नेपाल प्रहरी,सशस्त्र बल प्रहरीले वडा ५ का बासिन्दाहरुलाई कृतिम अभ्यास गरेर सचेतना दिएका हुन ।
ग्यास पड्किन्छ भन्ने भ्रमलाई तोड्न र ग्यास लिक भएर घरमा हुनसक्ने आगलागी सम्बन्धि सचेत गराउन नेपाल रेडक्रस सोसाइटीले चन्दननाथ नगरपालिका भित्र आगलागीबाट बच्ने उपायबारे कृत्रिम घटना अभ्यास गरिरहेको छ ।
चन्दननाथ ५ का वडाध्यक्षका अनुसार ग्यासबाट हुन सक्ने आगलागीबाट बच्न र बचाउ सुझाव दिएका छन् । त्यस्तै कृतिम घटना अभ्यासमा सिकेका कुरा छर छिमेक समेत सिकाउन आग्रह गरेका छन् ।
त्यस्तै नेपाल रेडक्रस जुम्लाका सभापति लोक दर्शन श्रेष्ठले ग्यासबाट हुनसक्ने आगलागी सम्बन्धि कृतिम घटना अभ्यासलाई घरमा उपयोग गर्न सुझाव दिएका छन् ।