सुर्खेतबाट काठमाडौँ जादै गरेको बस दाङमा दुर्घटना

  ।   ६ फाल्गुन २०८१, मंगलवार २३:२१

दाङ । सुर्खेतबाट काठमाडौँका लागि छुटेको  बस दाङको बबई घुम्तीमा दुर्घटना भएको छ ।

दुर्घटना बस कर्णाली प्रदेश ०२-००१ ख ०७०१ नम्बरको बबई गाउँपालिका-२ तल्लो ट्वाङ्खोलामा मंगलबार साँझ दुर्घटनामा परेको हो ।

दुर्घटनापछि घटनास्थलमा पुगेर प्रहरीले यात्रुहरूको उद्दार गर्न थालेको छ । अहिलेसम्म ७ जना घाइते यात्रुलाई उपचारको लागि तुलसीपुर प्रादेशिक अस्पताल लगिएको छ ।

खिलतपुरका प्रहरी निरीक्षक खिमबहादुर खड्काका अनुसार इलाका प्रहरी कार्यालय खिलतपुर र हापुरको प्रहरी टोली घटनास्थलमा खटिएको बताउनुभयो । घटनाको थप विवरण आउन बाँकी छ ।

 

 

Next Post

महिला स्वास्थ्य स्वयंसेविकाको घाँस काट्दै गर्दा लडेर मृत्यु

६ फाल्गुन २०८१, मंगलवार २३:२१
जाजरकोट । जाजरकोटमा महिला स्वास्थ्य स्वयंसेविकाको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ । कुशे गाउँपालिका–१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाका देवीसरा वादीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको हो । आज बिहान घाँस काट्दै गर्दा लडेर घटनास्थलमै मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका स्वास्थ्य चौकी प्रमुख शेरबहादुर […]