सुर्खेत । नेकपा एकीकृत समाजबादी पार्टीले सुदुर पश्चिम प्रदेशको मुख्यमन्त्री दाबि गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सुदुर पश्चिम प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने बताएका छन । बाजुरा पुगेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले पत्रकार सम्मेलनमा बताएका हुन ।
बिभिन्न कार्यक्रममा सहभागी हुन बाजुरा पुगेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले हालको गठबन्धन मार्फत सुदुरपश्चिमको मुख्यमन्त्रीका लागि छलफल भईरहेको र दावी रहने बताएका छन ।
पत्रकार सम्मेलन मार्फत संघिय मन्त्री भएका कारण सुदुरपश्चिम त्यसमा पनि बझाङ बाजुराको बिकाशका लागि आफु हरपल लागिरहेने बताएका छन । उनले कम्न्युष्टि एकीरणको पक्षमा रहेकोले समाजबाद उन्मुख कार्यहरुमा तल्लिन भएर लाग्ने बताएका छन । बिकाशका सवालमा एक कदम पछि नहट्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।