श्रीमान् द्धारा धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या

  ।   १३ चैत्र २०८०, मंगलवार १३:२९

सुर्खेत । श्रीमानले धारिलो हतियार प्रहार गरी बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा आफ्नै श्रीमतीको हत्या गरेका छन्।

 

बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुर स्थित हेम्पाइप फ्याक्ट्रीमा काम गर्दै आएका बर्दियाको बाँसगढी – ४ घर भइ हाल अस्थायी रुपमा कोहलपुर – १४ मा बस्दै आएका वर्ष २२ का अनिल विकले वर्ष २१ की श्रीमती सुशीला सुनारको हत्या गरेका हुन्।

विकले श्रीमती माथि धारिलो हतियार प्रहार गरेका छन् । धारिलो हतियार पछि गम्भीर घाइते भएकी सुनारलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको हो । सुनारको उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।

श्रीमान् अनिल विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा  लगि थप अनुसन्धान भइरहेको छ ।

Next Post

एसइई नेपाली विषयको प्रश्न पत्र बाहिरियाे

१३ चैत्र २०८०, मंगलवार १३:२९
काठमाडौं । सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै एसइई परीक्षाको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ। त्यहाँ परीक्षा सक्रिय भएका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको हो।   परीक्षा केन्द्रबाट तस्बिर खिचेर सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत छ्यापछ्याप्ती बनाइएको छ। परीक्षा हल वरिपरि फोटोकपी […]