कर्णालमा नयाँ प्रदेश प्रमुख जोशी को हुन् ?

  ।   १५ श्रावण २०८१, मंगलवार २०:०९

सुर्खेत । कर्णाली प्रदेशमा अहिलेसम्म चार जना प्रदेश प्रमुख बने । त्यसमा तीन जना प्रदेश बाहिरका प्रमुख बने । पहिलो पटक ०७४ मा कांग्रेसको कोटाबाट प्रदेश प्रमुख बनेका दुर्गाकेशर खनाल बाहेक त्यसपछि नियुक्त भएका गोविन्दप्रसाद कलौनी, तिलक परियार, र अहिलेका यज्ञराज जोशी प्रदेश बाहिरका हुन् ।
खनाल सुर्खेत वीरेन्द्रनगर निवासी हुन् । उनी ०७६ कार्तिक ७ गतेसम्म कर्णालीको प्रदेश प्रमुख रहे । पछि केपी ओली नेतृत्वको सरकारले उनलाई हटाएर ०७५ कार्तिक १८ गते एमाले नेता गोविन्द प्रसाद कलौनी नियुक्त भए ।

उनी सुदुरपश्चिमको कञ्चनपुरका हुन् । बैतडीमा जन्मेका कलौनीले डडेल्धुरा र कञ्चनपुरलाई कार्यथलो बनाइ राजनीति गरेका थिए । कलौनी ०७८ कार्तिक २३ गतेसम्म कर्णालीको प्रदेश प्रमुख रहे ।

त्यसपछि नेकपा माओवादीको कोटाबाट प्रदेश कर्णालीको प्रदेश प्रमुख भएर आए, लुम्बिनी प्रदेशको बाँकेका तिलक परियार ।

अहिले उनलाई हटाएर पुन कञ्चनपुरकै यज्ञराज जोशीलाई प्रदेश प्रमुख बनाइयो । प्रदेशभित्र प्रदेश प्रमुखका लागि योग्य पात्रहरु प्रशस्त रहेपनि प्रदेश बाहिरबाट आयातित भइरहेको भन्दै कर्णालीमा आलोचना भइरहेको छ ।

नयाँ प्रदेश प्रदेश प्रमुख जोशी को हुन् ?

सरकारले सोमबार कर्णाली प्रदेशको प्रमुखका कञ्चनपुरका यज्ञराज जोशीलाई सिफारिस गरेको छ । लुम्बिनीका तिलक परियारलाई हटाएर सदुरपश्चिमका जोशीलाई प्रदेश प्रमुखका सिफारिस गरेको हो ।

जोशी कर्णाली प्रदेशको चौथौ प्रदेश प्रमुख हुनेछन् । २००६ साल चैत्र २५ गते बझाङको भातेखोलामा जन्मिएका जोशी ३० को दशकदेखिनै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेका थिए । ०४८ सालदेखि – ८ औँ महाविधेशन० महासमिति सदस्य भएका उनी ०६३ सालमा उनी कांग्रेस कञ्चनपुर पार्टीको सभापति समेत भइसकेका व्यक्ति हुन् ।

बहुदलपछि ०४९ सालमा कांग्रेसका तर्फबाट महेन्द्रनगर नगरपालिका ९हाल भिमदत्त नगरपालिका०को पहिलो मेयर भएका थिए, उनी । त्यसपछिका हरेक चुनाव भने उनी निरन्तर पराजित भए । ०५४ सालमा जोशी पुनः मेयरका लागि उनी उम्मेदवार थिए । तर पराजित भए ।

०६५ सालको उपनिर्वाचनमा उनी उम्मेदवार बने । त्यसमा पनि उनी पराजित हुन पुगे । उनी संसदीय चुनाव लडेको यो पहिलो पटक थियो । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा शेरबहादुर देउवा विजय भएपछि देउवाले छाडेपछि उपनिर्वाचनमा उनलाई उम्मेदवार बनाइएको थियो ।

पछि ०७० को दोस्रो संविधान सभा चुनावमा पनि उनी चुनाव लड्न चाहेका थिए । त्यो बेला टिकट पाएनन् । यस्तै ०७४ मा कञ्चनपुर ३ ९क० बाट उनी प्रदेश सभा उम्मेदवार बनेका थिए । नेकपा एमालेका प्रकाश रावलसँग उनी पराजित भए । ०७९ मा पनि उनी उम्मेवार बन्ने आकाङ्क्षी थिए । पछि देउवाकै आग्रहमा उनी पछि हटेका थिए । आफुलाई देउवाको विश्वासपात्रका रुपमा प्रस्तुत गर्ने उनी सदुरपश्चिममा ‘शेरबहादुर दाई’ को साथ नभएपछि गाह्रो हुने बताउँछन् ।

तर ०५९ सालमा देउवाले कांग्रेस फुटाउँदा भने उनी मुल कांग्रेसमै रहेर जिल्लामा राजनीति गरे । पछि दुई कांग्रेसबिच एकीकरण हुँदा भने आफु शेरबहादुर दाईसँगै रहेको उनले रातोपाटीलाई बताए । एकीकरण हुँदा प्रजातान्त्रिक कांग्रेसका बहादुरसिंह थापालाई सभापतिका लागि मार्ग प्रशस्त गरिदिएका थिए ।

सुशिल कोइराला पार्टी सभापति भएका बेला एक पटक आमन्त्रित सदस्य हुनुका साथै १४ औँ महाधिवेशनपछि उनी अहिले पनि पार्टीको केन्द्रीय सदस्य समेत छन् । उनी निरन्तर महासमिति सदस्य पनि छन् । आफु पार्टीमा निरन्तर रुपमा लागेकोले नै ‘शेरबहादुर दाई’ले प्रदेश प्रमुख बनाइदिएपछि इमान्दारीताको मुल्याङ्कन भएको भन्दै उनले खुसी व्यक्त गरे । सुदुरपश्चिममा त शेरबहादुर दाईको साथ नभएपछि गाह्रो हुन्छ नि,’उनले भने, ‘हामी उहाँकै वरिपरी नै रहेर पार्टीमा निरन्तर दुःख गरियो ।’

२००६ साल चैत्र २५ गते बझाङको भातेखोलामा जन्मिएका जोशी अहिले कञ्चनपुरको भिमदत्त नगरपालिका–१८, कतानमा बस्छन् । यस्तै उनको वडा नम्बर ५ मा पनि घर छ । ०३२ सालमा नै उनको परिवार कञ्चनपुरमा बसाइँ सरेको थियो । उनले त्यहाँ आएदेखिनै आफुले कांग्रेसको राजनीतिमा लागेको बताए ।

 

Next Post

देशभर २० जनामा हैजा सङ्क्रमण

१५ श्रावण २०८१, मंगलवार २०:०९
काठमाडौँ । देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा यसवर्षको हालसम्म हैजा पुष्टि भएको जानकारी दिनुभयो । उहाँले सहरी क्षेत्रमा बढ्दो जनधनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा […]

सम्बन्धित शीर्षक