कर्णाली सरकारमा कांग्रेसका ४ जना मन्त्रिको नाम लिस्ट आजै शपथ ग्रहण

  ।   १८ श्रावण २०८१, शुक्रबार १२:३८

सुर्खेत। कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य राजीव विक्रम शाहको नेतृत्वमा सहभागी बनेको छ । उनको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बनेका छन् ।

कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीका अनुसार शाहले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने घनश्याम भण्डारीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै विजया बुढालाई जलस्रोत तथा ऊर्जा मन्त्रालय र सुरेश अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय दिइएको छ ।

प्रवक्ता शाहीका अनुसार मन्त्रीको नाम लिस्ट मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइसकिएको छ । मुख्यमन्त्री कँडेलले प्रदेश प्रमुखलाई सिफारिस गरी आज दिउँसो २ बजेसम्म शपथ ग्रहण कार्यक्रम हुने बताइएको छ । कांग्रेसबाट मन्त्री भएकामध्ये तीन जना संस्थापन पक्षधर हुन् भने सुरेश अधिकारी शेखर कोइराला पक्षधर हुन् ।

Next Post

कर्णालीका नवनियुक्त प्रदेश प्रमुख जोशीले पदभार ग्रहण

१८ श्रावण २०८१, शुक्रबार १२:३८
सुर्खेत । कर्णालीका नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले पदभार ग्रहण गरेका छन् । बिहान ९ बजे काठमाडौँबाट सुर्खेत आएका उनी कर्णालीको चौथो प्रदेश प्रमुख हुन् । बझाङमा जन्मिएका जोशी अहिले कञ्चनपुर निवासी हुन् भने कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र हुन् । उनलाई कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत विमानस्थलमा स्वागत […]