कर्णालीमा विवाद समाधान गर्न शिर्ष नेताहरूविच छलफल

  ।   २० चैत्र २०८०, मंगलवार १६:५०

सुर्खेत । कर्णालीमा एमाले र माओवादीको संयुक्त बैठकको निवासमा शिर्ष नेताहरूविच भइरहेको छ । । कर्णालीको नेतृत्व एमालेलाई दिने केन्द्रमा सहमति भएपछि देखिएको विवाद समाधान गर्न दुवै पक्षका नेताविच छलफल भईरहेको छ ।

उक्त छलफलमा माओवादीका कर्णाली इन्चार्ज कालिबहादुर मल्ल, एमाले इन्चार्ज लेखराज भट्ट, माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाही, मुख्यमन्त्री राजकुमार शर्मा, एमाले संसदीय दलका नेता यामलाल कँडेल सहभागी रहेका छन् ।

नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलले नेकपा माओवादी केन्द्रको निर्णय कुरिरहेको बेला दुवै दलका नेताहरूबिच मुख्यमन्त्री निवासमा छलफल भईरहेपनि ठोस निर्णय हुन नसकेको स्रोतले जनाएको छ ।

केन्द्रबाट नेतृत्व एमालेलाई दिन निर्देशन दिएपनि मुख्यमन्त्री राजकुमार शर्माले जसरी पनि विश्वासको मत लिने अडान कायमै राखेका छन् ।

यो पनि पढ्नुहोला ;

कर्णालीमा तरङ्ग पैदा केन्द्रीय सत्ता गठबन्धनले कँडेलकै पक्षमा निर्णय

Next Post

पेट्रोलियम पदार्थ ‘ड्रलिङ’ मेसिनको सामाग्री बोकेको ट्रक दुर्घटना

२० चैत्र २०८०, मंगलवार १६:५०
सुर्खेत। पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ‘ड्रलिङ’ मेसिनको सामाग्री बोकेको एउटा ट्रक दुर्घटनामा परेको छ।   ट्रक कर्णाली राजमार्गको पाली भन्ने ठाउँमा दुर्घटना भएको हो । यद्यपि चालकलाई भने केही नभएको दुल्लु प्रहरीले जनाएको छ। चिनबाट आएका ठुला र गरुङ्गो मेसिनरी सामानहरु नेपालगञ्ज, सुर्खेत हुँदै कर्णाली राजमार्ग हुदै भैरवी गाउँपालिकाको जलजले […]