अपडेट

कालिकोटमा दोस्रो पुरमल शाही स्मृति कपमा खाँडाचक्र–६ विजेता, खाँडाचक्र–५ उपविजेता

  ।   १४ आश्विन २०८२, मंगलवार १८:०६

कालिकोट । स्व. पुरमल शाही दोस्रो स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०८२ मंगलबार समापन भएको छ । यस पटकको उपाधि खाँडाचक्र नगरपालिका–६ ले हात पारेको हो । सोही टोलिले गत वर्षको पहिलो संस्करणमा पनि उपाधि हात पारेको थियो।

जिल्लाको खाँडाचक्र नगरपालिका–३ ताडीमा आइतबारदेखि सुरु भएको प्रतियोगितामा उपविजेता खाँडाचक्र नगरपालिका–५ बनेको छ। स्मृति कपमा खाँडाचक्र नगरपालिका अन्तर्गतका ११ वडाबाट ११ वटा टिमले सहभागिता जनाएका थिए।

 

समापन खेलमा विजयी खाँडाचक्र–६ ले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता खाँडाचक्र–५ ले २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी खाँडाचक्र–६ का रामबहादुर शाही घोषित भए, जसले नगद पुरस्कार समेत प्राप्त गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा समाजसेवी युवा बाले विश्वकर्माले खेल क्षेत्रमा स्थानीय सरकारले खासै चासो नदिएको भन्दै आगामी दिनमा स्मृति कपलाई नगर मात्र नभई जिल्ला स्तरमा विस्तार गर्न सकिने गरी सबैको सामूहिक पहल आवश्यक रहेको बताए।

त्यस्तै कार्यक्रम संयोजक लक्ष्मण कुमार शाहीले प्रतियोगितालाई अझ व्यवस्थित बनाउन आगामी दिनमा भलिबलसँगै जिल्लामा प्रचलित देउडा खेललाई पनि प्रतियोगितात्मक रूपमा आयोजना गर्ने योजना रहेको जानकारी दिए।

कार्यक्रमका क्रममा सहयोग गर्ने निकाय तथा व्यक्तिहरूलाई सम्मानपत्र समेत प्रदान गरिएको थियो।

यो समाचार पनि 

दोस्रो पुरमल स्मृति कप भलिबल प्रतियोगिता उद्धघाटन

Next Post

सान्नी त्रिवेणीको सबैभन्दा ठूलो र विकट वडा–३ मा अध्यक्ष देवकोटाको, तीन वर्षमा उल्लेख्य उपलब्धि

१४ आश्विन २०८२, मंगलवार १८:०६
कालिकोट । सान्नी त्रिवेणी गाउँपालिका–३, भौगोलिक दृष्टिले विकट मानिने यो वडा पछिल्ला तीन वर्षमा आधारभूत पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ र सामाजिक क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएको छ। वडा अध्यक्ष रंगलाल देवकोटाले कार्यकालको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै प्राकृतिक कठिनाइबीच पनि जनताको साथ र विश्वासका कारण धेरै काम […]