कालीकोट । जिल्लामा रहेका नौ स्थानिय तह मध्य तिन पालिकामा आवासीय घरहरुलाई लक्षित गरेर सबै समुदायको घर विमा गर्ने योजना ल्याएको छ । योजना ल्याएको छ। कर्णाली प्रदेश सरकारले घर विमाका लागि सूचना जारी गरेपछि प्रस्ताव पेश गरेका तीन वटा पालिकाको ७ हजार ६ सय ३ घरको विमा हुने भएको हो।
जिल्लाका तिलागुफा नगरपालिका, महाबै गाउँपालिका र पलांता गाउँपालिकाले मात्रै प्रस्ताव पेश गरेका हुन। त्यसअनुसार, पलांता गाउँपालिकामा २ हजार ८ सय ३४ घर, महाबै गाउँपालिकामा १हजार ६ सय १५ घर र तिलागुफा नगरपालिकामा ३ हजार १ सय ५४ घर रहेका छन्।
पलांता गाउँपालिकामा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्झौता गरेको छ। महाबै गाउँपालिकामा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड र तिलागुफा नगरपालिकामा राष्ट्रिय विमा संस्थानले सम्झौता गरेका हुन।
शिखर इन्स्योरेन्स कम्पनीका कालीकोट शाखा प्रमुख लोकजंङ शाहीले प्रदेश सरकारले सबै घरको विमा शुल्क भुक्तान गर्ने र पालिकाको प्राविधिक सहयोग रहने बताउनु भयो । उहाँले समुदायको घर क्षति भएमा प्राविधिक मूल्यांकनको आधारमा राहत उपलब्ध हुने बताउनुभयो।
कालीकोट जिल्लामा यसअघि रास्कोट नगरपालिकाले घर विमा कार्यक्रम सुरु गरेको थियो। जिल्लाका अन्य दुई नगरपालिका र चार वटा गाउँपालिकाले भने उक्त प्रस्तावबारे जानकारी नभएको जनाएका छन्।