अपडेट

मान्ममा ३ दिने आँखा जाँच तथा शल्यक्रिया शिविर शुरु

  ।   ८ कार्तिक २०८१, बिहीबार १६:२५

कालिकोट । कालिकोटको मान्ममा तीन दिने आँखा जाँच तथा शल्यक्रिया शिविर शुरु भएको छ । शिविर शुरु भएसँगै कालिकोटका स्थानीय खुसी भएका छन् ।

खाँडाचक्र नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविरमा उपचार गर्न आउनेको घुइँचो देखीयको छ । आफ्नै गाउँठाउँमा आँखा शिविर सञ्चालन भएसँगै स्थानीय आँखा जचाउन पुगेका छन् ।

पुरा भिडीयो :   

नेपाल नेत्रज्योति संघ कालिकोटको आयोजनामा आँखा शिविर सञ्चालन गरेको हो । नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल, रक्षाचौर, तुलसीपुर, दाङको प्राविधिक सहयोग ररिडले आईफउण्डेसन काठमाडौंको आर्थिक सहयोगमा दुर्गम गाउँका आँखाका बिरामीको सहजताका लागि शिविरको आयोजना गरिएको हो ।

शिविरमा मोतीबिन्दु, मासु पलाएको लगायत आँखामा देखिएको विभिन्न समस्याको निःशुल्क शल्यक्रिया र उपचार हुनेछ । आर्थिक अभावका कारण आँखाको उपचार गर्न नसकेकालाई यो शिविर सहयोगी हुने विश्वास गरिएको छ ।

कार्यक्रममा प्रमुख अथिती नेपाली कांग्रेस पुर्व महा समिति सदस्य नेपाली कांग्रेस कर्णाली प्रदेश संसदिय दलका प्रमुख सचेतक कालिकोट जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख बाट निर्वाचित माननिय हिक्मत बहादुर बिष्टले कालिकोटमा नेपाल नेत्रज्योति संघले आँखा उपचार केन्दलाई व्यबस्थापन गरी कालिकोटमा सुविधा सम्पन्ह तिर आफू लागी परेको बताउनुभयो । प्रदेशमा कालिकोटका सभापती खडान्द पाण्डे गएर सर्जिकल सेन्टरको लागीः माग राख्नु भएको छ । सचेतकले भन्नुभयो एकल प्रासले हुदैन सबै लाग्नु पर्छ,सबैले बोलेको कुरालाई सुझाबका रुपमा लियको र चाहदैमा रातारात सबै चीज परीवर्तन गर्न सकिदैन र तिनै तहका सरकारले नियम बद्ध तरीकाले कानुनि हिसाबले लिनुपर्ने हुँदा ढिला शुस्त हुने बताउनेभयो ।

Next Post

कर्णाली करिडोर अन्तरगत बाइक दुर्घटना हुँदा घटनास्थलमै १ जनाको मृत्यु

८ कार्तिक २०८१, बिहीबार १६:२५
कालीकोट । खुलालु हिल्सा कर्णाली करिडोर अन्तरगत बाजुरा जगनाथ वडा नं ५ भुकाखोला नजिक बाइक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सान्नीत्रिवेणी गाउँपालिका वडा नं ८ का २८ वर्षीया खेमराज बुढाको बाइक दुर्घटनामा परेर घटनास्थलमै मृत्यु भएको हो। कालीकोटको रास्कोटबाट मामा नाता पर्ने बाजुरा जगनाथ गाउँपालिका वडा नं ४ […]